अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-४
पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३०
मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ
पर्नेहरूमा कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २७ वर्षीय राजु चौधरीले र ३१ वर्षीय
रामसागर थारू रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले रा.८ प
२६९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।