अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०९-२५
- A
- A-
- A+
अर्घाखाँची, सन्धिखर्क नगरपालिका-७ सुपादेउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय पदम रायमाझीलाई
बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले ठाडाबाट
सन्धिखर्कतर्फ आउँदै गरेको लु.१३ प ५६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त
पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।