अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-११-२९
- A
- A-
- A+
रूपन्देही, सिद्धार्थनगर
नगरपालिका-३ सिद्धार्थपथबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय
एम्पुल र नोर्फिन ५ सय एम्पुल सहित भारत घर भएका ४१ वर्षीय मोहमद आजमलाई बिहीबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण
ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।