अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-१२-०१
- A
- A-
- A+
बर्दिया, बढैयाताल
गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २०
मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २२ वर्षीय कमल शाहीलाई
शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट
खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ
सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ
।