प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

टिप्परको ठक्करबाट मोटरसाइकल चालक र बालकको मृत्यु

२०८३-०२-१८

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक र एक बालकको मृत्यु भएको छ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.४ प.३३९० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आई बाटो क्रस गर्दै गरेको रा.१ ख.२१९२ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली, उनकी श्रीमती ३४ वर्षीया अनुषा नेपाली र ५ वर्षीय छोरा मिनाराज नेपाली घाइते भएका थिए। घाइतेमध्ये मनोज नेपालीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो भने मिनाराज नेपाली पनि गम्भीर घाइते भएका थिए। अनुषा नेपालीको अवस्था सामान्य रहेको थियो।

उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारका लागि मनोज नेपाली र मिनाराज नेपालीलाई नेपालगञ्जस्थित साइन्सेस प्रालिमा रेफर गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले मिनाराज नेपाली र मनोज नेपाली मृत घोषणा गरेका थिए।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ। घाइते अनुषा नेपाली उपचारपछि डिस्चार्ज भएकी छन्।

दुर्घटनामा संलग्न टिप्पर, टिप्पर चालक दाङ शान्तिनगर गाउँपालिका–३ निवासी ३९ वर्षीय शेरबहादुर थापा तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।