प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बोलेरो पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२०८३-०२-१८

  • A
  • A-
  • A+
Share

दाङ, लमही नगरपालिका–७ पदमिनी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा.६५ प.१८८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु.२ च.९६१७ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका–४ मैनापोखर निवासी ३३ वर्षीय खिम तिमिल्सिना गम्भीर घाइते भएका थिए।

घाइते तिमिल्सिनालाई उपचारका लागि लमही अस्पताल दाङ लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न बोलेरो पिकअप चालक दाङ लमही नगरपालिका–६ मध्यनगर निवासी २८ वर्षीय रोहन चौधरी, बोलेरो पिकअप तथा मोटरसाइकल प्रहरी चौकी सतबरियाको नियन्त्रणमा रहेका छन्।

मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।