प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर एक जनाको मृत्यु

२०८३-०२-१८

  • A
  • A-
  • A+
Share

रोल्पा, माडी गाउँपालिका–४ तार्केवाङस्थित स्याङखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी अन्दाजी ३९ वर्षीय हरिबहादुर घर्ती मगर रहेका छन्।

हरिबहादुर घर्ती मगर र माडी गाउँपालिका–६ कोर्चावाङ निवासी ३४ वर्षीय कर्मलाल घर्ती मगर रा.१ च.११७४ नम्बरको पिकअप गाडी धुनका लागि स्याङखोलामा गएका थिए। सो क्रममा चालक कर्मलाल घर्ती मगरले गाडी धोइरहेका बेला हरिबहादुर घर्ती मगर आफूसँग रहेको १२ भोल्टको ब्याट्री लिएर घटनास्थलबाट करिब १५० मिटर पश्चिमतर्फ माछा मार्न गएका थिए।

पछि एक बाख्रा गोठालाले उनलाई खोलाको किनारमा पल्टिएको अवस्थामा देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा हरिबहादुर घर्ती मगरको मृत्यु भइसकेको अवस्थामा फेला परेको थियो।

घटनास्थलबाट १२ भोल्टको ब्याट्री, तार, पिकअप गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

मृतकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ। 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।