३२ थान भरूवा बन्दुक बरामद
२०८३-०४-१९
- A
- A-
- A+
प्युठान, नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट भरूवा बन्दुक ३२ थान, सोही बन्दुकको नाल ४ थान, कुन्दा १ थान र भरूवा बन्दुकको चाप ३ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।