४ थान भरूवा बन्दुक बरामद
२०८३-०४-२०
- A
- A-
- A+
प्युठान, नौबहिनी गाउँपालिका-२ कुर्तिबाङस्थित तिनचुले सामुदायिक वनबाट भरूवा बन्दुक ४ थान र भरूवा बन्दुकको नाल ३ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।