प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२२५ क्विन्टल मटर सहित ६ भारतिय ट्रक प्रहरीको नियन्त्रणमा

२०७८-०६-०७

  • A
  • A-
  • A+
Share

कपिलबस्तु ६ असोज,

कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ गल्लामण्डीबाट २२५ क्विन्टल हरियो मटर सहित ६ ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०७८।०६।०६ गते  २१:४५ बजे  नेपालबाट भारततर्फ लैजानको लागि निम्न  ट्रकहरुमा  निम्नाअुसारको परिमाणमाट मटर लोड गरी बाटोमा रोकी राखेको अवस्थामा प्रहरीले ट्रकहरुबाट उक्त हरियो मटर बरामद गरेको छ ।

                           निम्न

  • UP35T2453 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-
  • UP53T3658 नं. हरियो केराउ (मटर) बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४२०,००।–
  • UP-71T1184नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।–
  • UP-55T1254 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-
  • UP-55T0966 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-
  • UP-78AT8825 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले २०० बोरा (जम्मा ५० क्विन्टल) जम्मा ५००० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.६,००,०००।-

जम्मा केराउ (मटर) २२५क्विन्टल (२२,५०० के.जि.) को मुल्य जम्मा रु.२७,००,०००।– (सत्ताईस लाख) मात्र ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।