अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८३-०४-२५
- A
- A-
- A+
रूपन्देही, रोहिणी
गाउँपालिका-६ विष्णुपुराबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल
र बुप्रेनोर्फिन २० एम्पुल सहित सोही गाउँपालिका-६ बस्ने ४७ वर्षीय दिनेश मर्णा गुप्तालाई
आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रिप्रहवाबाट खटिएको प्रहरीले
भारतबाट नेपालतर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार निजलाई उक्त लागूऔषध सहित
फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।