जंगलमा लुकाइछिपाइ राखिएका ६ नाल भरुवा बन्दुक बरामद
२०८३-०४-२७
- A
- A-
- A+
मिति २०८३।०४।२७ गते, कपिलवस्तुको वाणगंगा नगरपालिका–९, जिनुवास्थित खोजिपुर सामुदायिक वनमा इ.प्र.का. पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । बरामद भएका अवैध हातहतियारको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।