अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८३-०५-१५
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१०
ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ३ ग्राम १७ मिलिग्राम
सहित भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय अकिल शाहलाई आइतबार बेलुकी प्रहरीले
पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको
प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।