अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८३-०५-१५
- A
- A-
- A+
दाङ, लमही नगरपालिका-६
देउपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम सहित
सोही नगरपालिका-७ कमानपुर बस्ने २५ वर्षीय परीवर्तन बुढा मगरलाई आइतबार बेलुकी
प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।