प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित २ जना मानिस पक्राउ ।

२०७८-०६-०७

  • A
  • A-
  • A+
Share

रूपन्देही, असोज ०७

२०७८।०६।०७ गते अं ११:२० बजेको समयमा  जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ५ मझौनिचोकमा प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलिले संका लागि लु ४ प ११३४ नंबरको मोटरसाईकललाई रोकी चेकजाच गर्दा मोटरसाईकल चालक जिल्ला नवलपरासी रामग्रम नगरपालिका वडा नम्बर १६ वस्ने वर्ष १९ को इस्लाम चुरीहार ,ऐ.ऐ.वस्ने वर्ष २० को आलमगरी चुरीहारले मोटरसाईकलको लेगगाडमा झुण्ड्याई ल्याएको झोला चेकजाच गर्दा झोलामा रहेको डाईजेपाम २८१ सिसि, नोफिम ३१६   सिसि र   फेनोरागेन ३०५ सिसि सहित २ जना मानिसहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।