प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट मृत्यु

२०७८-०६-०७

  • A
  • A-
  • A+
Share

नवलपरासी (पश्चिम)  असोज १०,

नवलपरासी (पश्चिम) मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्दे‍ही जिल्ला बुटवल उप-महानगरपालिका वडा नं. १५ सेम्लार बस्ने वर्ष २५ को सौरभ सुवेदी सुवेदी रहेका छन् । मिति २०७८।०६।१० गते  अं. १४:३० बजे जिल्ला नवलपरासी  सुनवल न.पा.- १२ नबिनटोल स्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको  ना ८ ख २८७७  नं.  को ट्रकले  विपरित दिशातर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प  ४३२३  नं. को  मोटरसाइकल लाई  ठक्कर दिंदा  मोटरसाइकल चालक  सौरभ  सुवेदी गम्भिर घाईते भई  उपचारको लागी जिल्ला अस्पताल परासी लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालक, ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले जनाएको छ। 

प्युठान असोज १०,

प्यूठानमा टिप्परको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्यूठान नौबहिनि गा.पा. ८ अधेरी खोला बस्ने वर्ष ३८ को एम बहादुर दमाई हरेका छन्।  मिति २०७८।०६।१० गते अन्दाजी १९:३० बजेको समयमा जिल्ला  प्युठान, नौबहिनि गा.पा. ८ अधेरी खोलामा बाग्दुला देखि लुप्लुङ चुनढुंगा खानिमा ईटा लिई जादैगरेको लु.१.क १३५७ न. को.टिप्परले पैदल यात्री यम बहादुर दमाइलाई ठक्कर दिई गम्भिर घाइते भएका थिए। निजलाई उपचारको लागि भैरहवा लादै गर्दा बाटोमै मृत्यु भएको छ। टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको छ।

बाँके, कोहलपुर नगरपालिका-९ पार्वतीपुर नजिक सडकमा लु.१ च ६९८७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ पिपिरी बस्ने ३५ वर्षीय धर्मराज घर्तीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।