प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुखुराको चल्ला बरामद

२०७८-०६-१०

  • A
  • A-
  • A+
Share

नवलपरासी (पश्चिम) १० असोज,

नवलपरासी (पश्चिम्)मा अबैध रुपमा ढुवानी गरी रहेका १९९० गोटा बोइलर कुखुराको चल्ला बरामद भएको छ। मिति २०७८।०६।१० गते अं. १५:४५ बजे जिल्ला नवलपरासी बर्दघाट न.पा.- ४ टि.सि.एन.चोकमा ई.प्र.का. बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  ना ४ च ९३३९ नं. को पिकअप गाडीमा अबैध रुपमा लैजादै गरेको १९९० गोटाको जम्मा अं. मुल्य रु. १,९९,०००/- बराबरको बोईलर कुखुराको चल्लाहरु फेला पारी नियन्त्रणमा लिई पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासीबाट खटिआएको कर्मचारीको रोहबरमा  नष्ट गरिएको, पिकअप र चालक आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।