प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुखुराको चल्ला बरामद

२०७८-०६-१०

  • A
  • A-
  • A+
Share

नवलपरासी (पश्चिम) १० असोज,

नवलपरासी (पश्चिम्)मा अबैध रुपमा ढुवानी गरी रहेका १९९० गोटा बोइलर कुखुराको चल्ला बरामद भएको छ। मिति २०७८।०६।१० गते अं. १५:४५ बजे जिल्ला नवलपरासी बर्दघाट न.पा.- ४ टि.सि.एन.चोकमा ई.प्र.का. बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  ना ४ च ९३३९ नं. को पिकअप गाडीमा अबैध रुपमा लैजादै गरेको १९९० गोटाको जम्मा अं. मुल्य रु. १,९९,०००/- बराबरको बोईलर कुखुराको चल्लाहरु फेला पारी नियन्त्रणमा लिई पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासीबाट खटिआएको कर्मचारीको रोहबरमा  नष्ट गरिएको, पिकअप र चालक आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।