प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औैषध सहित मानिस नियन्त्रण

२०७८-०६-१०

  • A
  • A-
  • A+
Share

बाँके, असोज ११

२०७८।०६।११ गते अं. १७;५० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नम्बर १५ जमुनाह चेक प्वाईन्ट नजिक ईलाक प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरी टोलिले शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ३ कुशे बस्ने बर्ष १९ को सबिन मल्लको साथबाट ७ पत्ता (प्रति पत्ता १५ ट्याबलेट) जम्मा १०५ ट्याबलेट नाइट्रोभेट सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।