प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औैषध सहित मानिस नियन्त्रण

२०७८-०६-१०

  • A
  • A-
  • A+
Share

बाँके, असोज ११

२०७८।०६।११ गते अं. १७;५० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नम्बर १५ जमुनाह चेक प्वाईन्ट नजिक ईलाक प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरी टोलिले शंका लागी चेकजाँच गर्ने क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका वडा नम्बर ३ कुशे बस्ने बर्ष १९ को सबिन मल्लको साथबाट ७ पत्ता (प्रति पत्ता १५ ट्याबलेट) जम्मा १०५ ट्याबलेट नाइट्रोभेट सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।