प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस र ट्रक सहित हरियो मटर बरामद

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

नवलपरासी पश्चिम,भदौ २६

२०७८।०५।२६ गते जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १२ हरकट्टा स्थित माँ वैष्णो ट्रेडर्समा ना ६ ख ५३०१ नम्बरको ट्रकबाट हरियो मटर (केराउ)  अनलोड गर्दै गरेको अवस्थामा शंका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा ल्याई राखेकोमा उक्त ट्रकमा रहेको हरियो मटर ८४० बोरा २१ टन अं.मुल्य रु. १८,९०,०००/- बराबरको र ना ६ ख ५२०१ नं.को ट्रक थान १ अं. मुल्य रु. १०,००,०००/- बराबरको गरी ( जम्मा अं. मुल्य रु. २८,९०,०००/- बराबरको) र चालक सहितलाई अन्य थप आवश्यक अनुसन्धान एवं कारवाहीको लागि २०७८/०५/२७ गते गते अं. ०९:४५ बजे राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।