प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध (ब्राउन सुगर) सहित मानिस नियन्त्रणमा ।

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

बाँके, २०७८ भदौ २२

मिति २०७८।०५।२२ गते अं. १६;४५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप‍-महानगरपालिका वडा नं. १५ को चेक प्वाइन्ट स्थित  ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागु औषध ब्युरोको संयुक्त टोलिले जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ चन्नहवा बस्ने बर्ष २८ को रामदेव थारुलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले चप्पलमा लुकाई ल्याएको ४ ग्राम ५ मिलि ग्राम ब्राउन सुगर फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा राखी अन्य थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।