प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“६१ क्विन्टल ३० केजी केराउ, ट्याक्टर सहित मानिस नियन्त्रणमा ”

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

बर्दिया, भाद्र २२

बर्दिया, मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउबाट भे.१ त.९६५५ नं.को ट्याक्टर सहित ६१ क्विन्टल ३० किलोग्राम मटर प्रहरीले बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरी टोलीले  मधुबन नगरपालिका वडा नं.७ बस्ने वर्ष २० को राम कुमार चौधरीले चलाएको भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको  ३९ क्विन्टल ३० किलोग्राम र चोरी निकासी गर्ने उद्देश्यले सोही स्थान नजिकै भण्डार गरी राखेका  २२ क्विन्टल गरी जम्मा मुल्य रू. ४,३०,५००/- बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ फेला पारी रितपुर्वक बरामद गरी ट्याक्टर सहित मानिसलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।