प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
आश्विन २०८२
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०६-१८

कपिलवस्तु, शिवराज नगरपालिका-१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०६-०९

बाँके, कोहलपुर नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ ट्याब्लेट र नाइट्राजेपाम १८ ट्याब्लेट सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-६ गाइडर बस्ने १८ वर्षीय किशोर, २५ वर्षीय नारायण खड्का र १९ वर्षीय सुरेन्द्र वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.प्र.०२-००१ प ४१३९ नम्बरको स्कुटर र बा.७६ प ७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-०६

रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल र प्रोमेथाजाइन ५० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ भिलरहवा बस्ने २३ वर्षीय अक्ष्य कुमार हरिजन र सोही गाउँपालिका-२ पकडी बस्ने २२ वर्षीय गुलाब हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु.१० प ५८४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०६-०५

बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २० ट्याब्लेट सहित जुम्ला चन्दनाथ नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ अदौराकोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ अदौरा बस्ने २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा नगरपालिका-११ बरहवा बस्ने १९ वर्षीय सागर पासी रहेका छन् । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले प्रभाकरलाई ५ सय ३० मिलिग्राम र सागरलाई १ ग्राम ५ सय ७० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<