प्रहरी कार्यालय
कपिलबस्तु, कृष्णनगर नगरपालिका २ लिङ्गेट स्थित प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउँदै गरेको UP 32 JY 5795 नं.को कार १ थान, विभिन्न समानहरू Laptop १ थान, पुराना एनरोएड फोन ६ थान, आईफोन २ थान र किप्याड मोबाईल १२ थान गरि जम्मा २० थान, भारतिय सिमकार्डहरू ४५ थान, नेपाली सिमकार्डहरू २ थान, ATM कार्डहरू ४८ थान, भारतिय रु. ४४,१५० …
रुपन्देही, बुटवल उ.म.न.पा.५ नेपालगंज रोड स्थित पुर्व पश्चिम राजमार्गमा अं. ०९:५५ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको लु २ ख ३३३६ नं.को टिप्परले सोही दिशातर्फ जादै गरेको लु ४१ प १५२८ नं.को मोटर साइकल लाई ठक्कर दिँदा मोटर साइकल चालक जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-१६ बस्ने बर्ष ४६ को उमेश बहादुर भण्डारीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा अं १०:१९ बजे …
दाङ, ६ भदौतुलसीपुर उपमहानगरपालिका-६ घोराही रोड बस्ने बलराम डाँगीको बागेश्वरी ड्राईभिङ ट्रेनिङ सेन्टरबाट नगद १० लाख रूपैयाँ र मोटरसाइकलको चावी १ थान बिहीबार चोरी भएको छ । ट्रेनिङ सेन्टरको अफिस कोठाको ढोकाको चुकुल फोडी उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान …
बाँके, बैजनाथ गाउँपालिका-५ जि गाँउ चोकमा भे.१ क २०६२ नम्बरको ट्रकले बा.प्र.०३-००५ प २०५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका-९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार …
दाङ, २७ साउन राजपुर गाउँपालिका-४ फोहरा बस्ने २२ वर्षीय ईच्ढा कुमार रैदासलाई भरूवा बन्दुक १ थान सहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चङगुवाबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बनशक्ति सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-४ ठुलाखालीस्थित गादिबरा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान र …
नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा मिति २०८१।०४।२६ गते यस लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कार्यालय परिसर भित्र लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतज्यूको उपस्तिथिमा वृक्षारोपण कार्यक्रम सम्पन्न ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-२ अभिराभस्थित सडकमा ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेर सोही गाउँपालिका-४ चाकरचौडा बस्ने २२ वर्षीया ममता कलवारको बिहीबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त सडकमा युपि ५३ इडि ८३९१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार कलवारलाई उक्त ट्याक्टरको …
घोराही, दाङ मिति २०८१।०४।२४ गते घोराही उप-महानगरपालिका वडा नं. १३ कलमघारी स्थित बाल कल्याण प्रा.वि. कलमघारीमा नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिक उत्सव” को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा जि.प्र.का दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना, घोराही उप-महानगरपालिका वडा नं. …