प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रूपन्देहीः-अवैध गाई सहित मानिस नियन्त्रणमा

२०७९-०३-०४

  • A
  • A-
  • A+
Share

असार ०४, बिहान अन्दाजी ०६:०० बजेको समयमा जिल्ला रूपन्देही सियारी गा.पा. वडा न.१ मधुवन स्थित प्र.चौ.चिलिया रूपन्देहीबाट खटिगएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा जिल्ला रूपन्देही रोहिणी गा.पा. वडा न. ६ बस्ने वर्ष ४६ को साहिद अली, ऐ. बस्ने वर्ष २२ को चन्द्र शेखर हरिजन र ऐ. बस्ने वर्ष १४ को नपिस खानले अवैध रुपमा नेपाल बाट भारत तर्फ लैजाँदै गरेको ३४ वटा गाई र लु ७३ प ३४१ नम्बरको मोटरसाइकल सहित तिनै जनालाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भैरहवा रूपन्देहीमा राखी थप आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।