प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न धनमाल चोरी

२०८०-०८-१३

  • A
  • A-
  • A+
Share

कपिलवस्तु

कृष्णनगर नगरपालिका-२ कृष्णनगर बस्ने ६१ वर्षीय राम सेवक त्रिपाठीको घरबाट कोही नभएको अवस्थामा च्यानल गेटको ताल्चा फोडेर नगद ५ लाख रूपैयाँ र सुनको विभिन्न गहना गरी करिब २८ लाख ७१ हजार ४ सय ७५ रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । घरका सदस्य मंसिर ११ गते आफन्तकोमा गएर १२ गते घर फर्किए पश्चात उक्त धनमाल चोरी भएको थाहा हुन आएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।