प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ झण्डेनगरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२६ गते अंदाजी २१:४० बजे जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका-३  लक्ष्मीनगर बस्ने बर्ष १९ को अब्दजय द्दीन कुरैसीलाई हिंडिरहेको अबस्थामा शंकास्पद लागी निजको शरिर खानतलासी गर्दा निजले लगाएको कालो ज्याकेटको अगाडीको दाँया तर्फको गोजीमा लुकाई छिपाई राखेको प्लाष्टिकको पोका भित्र सेतो कापिको कागजको ०२ (दुई) वटा पुडिया रहेको र खोली हेर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ कागज सहितको एकमुस्ट तौल गर्दा ३०० (तीन सय) मिलि ग्राम रहेको थियो । उक्त तौल मध्येबाट कागजको टुक्राको तौल घटाँउदा शुद्ध तौल १६०(एक सय साठ्ठी) मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुमा ल्याई राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।