प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

रुपन्देही तिलोत्तमा नगरपालिका-१ शंकरनगर चोक स्थित बुटवल भैरहवा हाईवे सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २१ प ९५९४ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टन जाँदा स्कुटर पछाडी सवार जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-१ बस्ने बर्ष अन्दाजी २४ को धन बहादुर पौडेल क्षेत्री र स्कुटर चालकको नामथर वतन नखुलेको दुबै घाईते भएको अवस्था सिरियस उपचारको लागी लुम्बिनी प्रादेशिक हस्पिटल बुटवल पठाइएको, उक्त स्थानमा प्र.स.नि.कमल भट्टराईको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गएको, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको

थप अपडेट: स्कुटर चालक जिल्ला रुपन्देही ओमसतिय गाउँपालिका-१ बस्ने बर्ष अन्दाजी ३० को शंकर पुनको उपचारको क्रममा मृत्यु भएको र पछाडी सवार धन बहादुर पौडेल क्षेत्रीलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।