प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी मानिस मृत्यु

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

रुकुम (पूर्वी भाग), भुमे गाउँपालिका-४ साकिम बस्ने चन्द्रसिङ पुनले मिति२०८१।१०।२९ गते ढाटी बुढा र निज महिलाको नाति ८ महिनाको समिर बुढा दुबै जनालाई एक्कासी धारिलो हतियार (खुकुरी) ले प्रहार गरि घटनास्थलमै मृत्यु भएको र निज चन्द्रसिङ पुन फरार रहेको भनि दिल कुमारी बुढाको जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ १० जनाको प्रहरी टोली खटिएको थियो । यस घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।