प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्लाईउड फेक्ट्रीमा आगलागी भए सम्बन्धि

२०८१-१२-११

  • A
  • A-
  • A+
Share

दाङ घोराही उप-महानगरपालिका ०९ नाराणपुर दुबीचौर स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी ४५ को गेहेन्द्र बहादुर बस्नेतले संचालन गर्दे आएको प्लाईउड फेक्ट्रीमा बिजुलीको तार सर्ट भई आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, दमकल र स्थानीयको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।  हाल सम्म कुनै पनि मानविय तथा चौपायको क्षेती विवरण एकिन भएको छैन । उक्त आगलागीबाट कति क्षेति भयो सम्बन्धमा प्रहरी टोली बाट अनुसन्धान कार्य भईरहको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।