प्रहरी कार्यालय
बाँके, कोहलपुर नगरपालिका-११ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सपना गन्धर्व र सोही नगरपालिका-११ लोकनगर बस्ने २१ वर्षीय धिरज गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सपनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधई चोक नजिकबाट नियन्त्रित लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय हलिम अन्सारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।