प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ
२०८०-११-२९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरस्थित संतोषी दङगाली होटलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रूपैयाँ र ११ लाख भारतीय रूपैयाँसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटल संचालक दाङ तुलसिपुर उपमहानगरपालिका-९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।             यसैगरी, नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकस्थित कालिका न्यू कर्णाली होटलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रूपैयाँ र ४ लाख ४० हजार भारतीय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८०-११-२३

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित हुम्ला चङ्खेलि गाउँपालिका-२ घर भएका ३५ वर्षीय अंग बहादुर शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।         यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १०३ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच मुसेला सलार थाना बस्ने २१ वर्षीय ईरफान कुरेसी, २७ वर्षीय मोहम्मद खलि खाँ र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ डीके नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित २ जना पक्राउ
२०८०-११-२०

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय राजिव कुमार कर्ण रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भे.११ प ४१२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

करिब २४ किलो चरेशसहित पाँच जना पक्राउ
२०८०-११-१४

कपिलवस्तु, अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन तामाङ, सल्यान सिद्धकुमाख गाउँपालिका-४ बस्ने ४० वर्षीय थल बहादुर रोका, धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५२ वर्षीया साङ जोम तामाङनी र रूकुम भुमे गाउँपालिका-२ घर भई दाङ लमही नगरपालिका-४ बस्ने ३७ वर्षीया भावना बुढा रहेका छ्न् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट नेपालबाट भारततर्फ जाँदै गरेका सेती तामाङलाई ५ किलो ५ सय ५५ ग्राम, रेगदोन तामाङलाई ५ किलो ३ सय ६५ ग्राम, थल बहादुरलाई ४ किलो ६ सय १५ ग्राम र साङ जोमलाई ५ किलो ४ सय ८० ग्राम लागूऔषध चरेश जस्तो देखिने बस्तुसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भावना बुढाको समेत संलग्नता रहेको खुल्न आएपछि उनलाई कृष्णनगर नगरपालिका-१ शिवानगरबाट थप ३ किलो ५ सय ४५ ग्राम चरेशजस्तो देखिने बस्तुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८०-११-१३

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८  मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।          यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिका-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । बर्दिया, गुलरीया नगरपालिका-७ महाकबि टोल बस्ने २८ वर्षीय सानु खानलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुशासन र समृद्धिको अभियानमा उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-११

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दिगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य कार्यभार रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको अभियानमा सबैले उच्च समर्पणसहित योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा गृहमन्त्री श्रेष्ठले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रूपमा हुने विभेद न्यूनिकरण, नागरिकका अपेक्षा सम्बोधन र समस्या सामाधानका लागि स्थानीय प्रशासनले अग्रगामी सोच सहित कार्य गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा भएका छलफलका विषयहरू कार्यान्वयन हुने र यसले मुलुकको शान्ति सुव्यवस्था र नागरिकको समृद्धि तथा अमनचयनमा दखिने गरी सुधार हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयका गृहमन्त्री सन्तोष कुमार पाण्डेय र लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले गोष्ठीको महत्वबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा गृहसचिव दिनेश भट्टराईले धन्यवाद ज्ञापन व्यक्त गर्दै सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने उल्लेख    गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर समग्र प्रदेशमा देखिएका समस्या तथा चुनौतिहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकिकृत र समन्वयात्मक रूपमा आयोजित गोष्ठी उपलब्धीमूलक भएको चर्चा गर्नुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकाय बिचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । प्रदेशगत अपराधको तथ्याङक विश्लेषण गरी योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अराजक, अवाञ्छित तथा आपराधिक गतिविधि नियन्त्रणका लागि स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन उहाँले दिनुभयो ।गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो । गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेना युद्दकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, लम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८०-११-११

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ बनगाई पचेहरास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ५ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयबाट पिपराबाट खटिएको प्रहरीले लु.२२ प ७५० नम्बरको मोटरसाइकलललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले लु.३ प.२७१३ नम्बरको मोटरसाइकललाई समेत जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ जना व्यक्ति मोटरसाइकल छोडी फरार भएका छन् । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको   छ ।             बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह टंकपसरी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित भारत बहराईच रुपैडिहा थाना हासीयात टोल बस्ने २२ वर्षीय अनिस खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने : उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ
२०८०-११-१०

बाँके, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुनले व्यवस्था गरे बमोजिम आफ्ना कार्यहरूलाई निर्देशित गर्ने, संस्थागत एवम् व्यवसायिक समन्वय र सहकार्यलाई प्रवर्धन गर्ने, सामूहिक एवम् व्यक्तिगत जवाफदेहिताको संस्कृति निर्माण गरी नागरिक पहिलो भन्ने सिद्धान्त अनुकूल कार्य गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको संयुक्त आयोजनमा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा बिहीबारदेखि नेपालगंजमा सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को उद्‍घाटन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।  गृहमन्त्री श्रेष्ठले संघीय व्यवस्थाको कार्यान्वयन सँगै नयाँ नयाँ अवसर तथा चुनौतीहरू देखा परेको उल्लेख गर्दै नीति, कार्यक्रम, आन्तरिक क्षमता समेत सोही अनुरूप निरन्तर समायोजन गर्दै जानुपर्ने आवश्यक रहेको बताउनुभयो । तहगत सरकारका निकायहरू बीचको समन्वय बढाउँदै स्थानीय प्रशासन थप प्रभावकारी बनाउन यस प्रकारका अन्तरक्रियात्मक कार्याशाला गोष्ठीले विशेष महत्व राख्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएको चर्चा गर्दै मुलुकको आर्थिक सम्वृद्धिको लागि वातावरण निर्माण गर्ने र ऐतिहासिक परिवर्तनले ल्याएका लाभहरू जनताले उपभोग गर्ने वातावरण निर्माण गर्न तथा व्यवस्थाप्रति जनताको भरोसा अझ उचो बनाउन सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने आवश्यक रहेको बताउनुभयो । सुशासन, स्थिरता र विकासका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा निरन्तर कार्य गरिरहेको समेत उहाँले बताउनुभयो ।  गृहमन्त्री श्रेष्ठले लागू औषध दुरुपयोग नियन्त्रण, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण साना हातहतियारको अवैध ओसारपसार नियन्त्रण गैर व्यावसायिक कृयाकलापको नियन्त्रण गरी उपभोक्ता र सर्वसाधारणको हित संरक्षण समेत उत्तिकै महत्वपूर्ण विषय भएकोले यो क्षेत्रहरूमा समेत योजनावद्व रुपमा कार्ययोजना बनाई कार्य गर्न आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशस्तरिय सुरक्षा गोष्ठीबाट यस प्रदेशको विषयमा केन्द्रित भई राष्ट्रियस्तरमा समेत शान्ति, सुशासन र स्थिरताको लागि उपयोगी हुने सुझाव, रणनीति र कार्ययोजना निर्माण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।गृह सचिव दिनेश भट्टराई, लुम्बिनी प्रदेश सरकार र गृह मन्त्रालयका मन्त्री सन्तोष कुमार पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयका सचिव लालबाबु कवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उदेश्य सम्बन्धी जानकारी दिनुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, लुम्बिनी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवम् प्रदेश अन्तर्गत प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ । दुई दिवसीय उक्त गोष्ठी शुक्रबार सम्पन्न हुनेछ ।

अवैध लागूऔषधसहित २ जना पक्राउ
२०८०-११-०१

बर्दिया, बारबर्दिया नगरपालिका-४ बरबट्टा खेलमैदानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ७ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच थरीपुरी गाउँ पञ्चायत बस्ने २३ वर्षीय सुजीत कुमार र बारबर्दिया नगरपालिका-४ बरबट्टा बस्ने १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बानियाभार र बीओपी तारातालबाट खटिएको संयुक्त प्रहरीले युपी ४० एके १५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम
२०८०-१०-१९

निरीक्षण भ्रमण तथा निर्देशन सम्बोधनको सिलसिलामा मिति २०८०।१०।१९ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख श्रद्धेय श्रीमान प्रहरी नायब महानिरीक्षक कुबेर कडायतज्यू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमा पाल्नु भई कार्यालयको शाखाहरुको निरीक्षण, अनुगमन गरी कार्यालय तथा मातहत कार्यालयहरुबाट उपस्थित प्रहरी कर्मचारी, ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी कर्मचारीहरु र भर्चुअल माध्यमबाट जोडिनु भएका मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा अमुल्य निर्देशन सम्बोधन दिनुभयो ।निम्न:-१. जनअपेक्षा अनुसार आफ्नो दायित्व बोध गरी कार्य सम्पादन गर्ने ।२. सुरक्षित सडक र अनुशासित सडक बनाउने ।३. सडकमा हुने सबै किसिमका अवरोधहरुलाई निराकरण गर्न सम्बन्धित सरोकारवाला निकायहरु संग समन्वय गरी रणनीति बनाउने ४. लेन अनुशासन पालना गराउँने ।५. पैदलयात्रा गर्दा फुटपाथ भएकोमा फुटपाथ बाटै र फुटपाथ नभएकोमा दायाँ साईडबाट मात्र हिड्दा सुरक्षित हुने हुँदा सो सम्बन्धमा पैदलयात्रु लक्षित जनचेतनामुलक अभियान चलाउने ।६. प्रहरी कर्मचारीहरुको आचरण व्यवहार राम्रो हुनु पर्ने ।७. ईमान्दारिता, व्यवसायिकता, जिम्मेवारी बोध, चरित्रवान, पारदर्शी तथा उच्च मनोवल भएको प्रहरी मात्र अहिलेको समयमा योग्य हुन सक्ने हुँदा त्यस तर्फ सजग हुने ।८. कार्यालय व्यवस्थापन तथा कार्यालयलाई सौन्दर्यीकरण बनाउने ।९. थोरै बोल्ने धेरै सुन्ने बानीको बिकास गर्ने ।१०. सिर्जनशिल तथा नवप्रवर्द्धनात्मक कार्य गर्ने ।१२. कुनैपनि कार्यक्रमको उपलब्धि तथ्याङकगत रुपमा सकारात्मक परिणाम नआउँदा सम्म सफल मान्न नसकिने हुँदा त्यस तर्फ ध्यान दिने । १३. हरेक डिउटीमा सम्बन्धित कमाण्डर वा प्रमुखले ब्रिफिङ/डिब्रिफिङ गरी समिक्षा सहित थप रणनीति बनाई प्रभावकारी ढंगले पुलिसिङ गर्ने ।

अवैध लागूऔषधसहित पक्राउ
२०८०-१०-१४

बर्दिया, बाँसगढी नगरपालिका-९ पहाडिपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४५ ग्रामसहित सोही नगरपालिका-९ माछागड बस्ने २४ वर्षीय अम्मर बहादुर चनारालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लक्ष्मणाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१३ बस्ने २८ वर्षीय बिकल्प पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८०-१०-११

बाँके,  कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका-६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार मिनिबस चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँको नवनिर्मित भवन उद्घाटन
२०८०-१०-०९

प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन  गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्रहरी वरिष्ठ नायव निरीक्षक श्याम बहादुर बलायरलाई प्रशंसापत्र प्रदान गर्नुका साथै जिल्ला भरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला, उर्जा र मनोवलका साथ व्यावसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ७८  लाख ४१ हजार ७९ रूपैयाँ  लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले बर्दिया जिल्लास्थित प्रहरी कार्यालयका कार्यालय प्रमुख, तथा प्रहरी अधिकृत एवम् जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्न, प्रमाणमुखी अनुसन्धान गर्न, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनु पर्ने लगायतका विषयमा निर्देशन समेत दिनुभयो ।

अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८० सम्पन्न
२०८०-०९-१६

तुलसीपुर, पुष १६ गते,लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङद्वारा आयोजित “एकदिवसीय प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८० सम्पन्न भएको छ । नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०८० को लक्ष्य अनुसार आज भएको समीक्षा गोष्ठीको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय गृह मन्त्री सन्तोष कुमार पाण्डेज्यूले पानसमा दिप प्रज्वलन गरी औपचारिकरुपमा समुद्‌घाटन गर्नु भएको हो । अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधीको प्रयोग गर्ने, अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरूको पहिचान गर्नुका साथै नविन प्रविधिहरूको अवलम्बन गरी अनुसन्धानमा देखिने समस्याको समाधानका उपायहरू अवलम्बन गर्ने, साईबर कसुर अनुसन्धान सम्बन्धी कानूनको अवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्ने, अनुसन्धानको प्रभावकारीता अभिवृद्धिका लागि अनुसन्धानकर्ताहरू बिच समन्वयको विकास र अपराध अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरू सम्बोधन गर्नको लागि साझा धारणा विकास गर्ने, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु बीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि माननीय गृह मन्त्री सन्तोष कुमार पाण्डेज्यूले अपराध अनुसन्धान गोष्ठीको पूर्ण सफलताको कामना गर्दै अपराध अनुसन्धानको क्षेत्रमा सबल रहेको नेपाल प्रहरीलाई आगामी दिनमा थप साधन श्रोत सम्पन्न बनाई अपराध अनुसन्धान लाई अझ प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गतका १२ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले जिल्लाको समग्र वस्तुस्थिति, अनुसन्धानमा गरिएका नविन प्रयोगहरु तथा अनुसन्धानमा देखिएका समस्या र चुनौतीको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा मुद्दा चल्ने १२ वटा जिल्ला प्रहरी कार्यालय, २६ वटा ईलाका प्रहरी कार्यालय र २ वटा वडा प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अपराध अनुसन्धान गर्ने तल्लो इकाईमा वास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गईरहेको हुँदा प्रहरीको अवको कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन गोष्ठीमा उपस्थित सम्पूर्ण  प्रहरी प्रमुखहरूलाई निर्देशन दिनु भयो ।गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक कुमार बस्नेत, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक नरेश सुबेदी, नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशी, जिल्ला प्रहरी कार्यालय-१२ का कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानका बिषयमा बुँदागत प्रस्तुतिकरण गर्नु भएको थियो भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले समग्र प्रदेशको अपराधको अवस्था, प्रदेशले औल्याएका त्रुटीहरु र तालुक कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । यसै गरी अपराध अनुसन्धानको प्रभावकारीता, कानून कार्यान्वयनमा देखिएको कठिनाई, कसुरको अनुसन्धान र अभियोजनमा देखिएका चुनौति तथा अनुसन्धानकर्ता र अभियोजनकर्ता बिच समन्वय बिषयमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता श्री मुक्तिराम सुवेदी, उच्च सरकारी वकिल कार्यालयका सह-न्यायाधिवक्ता गोबिन्द राज गौलीले आ-आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले अपराधका नयाँ प्रवृति र अपराधमा प्रयोग भएका प्रविधीले अपराध अनुसन्धानमा ठूलो चुनौति सृजना गरेको छ । यस्ता समस्याको समाधान गरी  संगठनिक उद्देश्य प्राप्तिका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विषयमा बोल्दै उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरु लगायत गोष्ठीमा सहभागी सम्पूर्ण प्रहरी अधिकृतहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।   

अवैध लागूऔषधसहित २ जना पक्राउ
२०८०-०९-१२

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-२ गोपिगंजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ मिलिग्रामसहित बर्दघाट नगरपालिका-६ विद्युत बस्ने ३२ वर्षीय पुकार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले लु.६४ प ८८३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कपिलवस्तु, शिवराज नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने २२ वर्षीय गोबिन्द कुमार चन्दलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ३ जना पक्राउ
२०८०-०८-२९

बर्दिया, बासगढी नगरपालिका-३ पुष्पनगरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २७ वर्षीय रबिन कुमार थारु र २५ वर्षीय सुरज कुमार चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.१० प १९८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय प्रमोद थारुलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८०-०८-२४

अर्घाखाँची, सितगंगा नगरपलिका-८ सातमारामा ना.६ ख २७३९ नम्बरको गिट्टी लोड भएको ट्रक करिब २० मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१८ बस्ने ३१ वर्षीय सन्जय थारू र सह-चालक रूपन्देही सियारी गाउँपालिका-२ बगदर्री बस्ने २३ वर्षीय भोला कुर्मी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका संजय थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भोला कुर्मीको स्वास्थ्य चौकी भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुकको छर्रा लागेर मृत्यु
२०८०-०८-२४

पाल्पा, निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडा बस्ने ४८ वर्षीय डम्मर बहादुर सारुको आफैले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।भरुवा बन्दुक बोकी फापर खान बारीमा आएको दुम्सी मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको भरुवा बन्दुक पड्कन गई छर्रा लाग्दा शनिबार राति घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि गाउँपालिका-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक १ थान र झोला फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ
२०८०-०८-२०

बर्दियाबढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । यसैगरी बढैयाताल गाउँपालिका-२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका-१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले  १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-०७

रूपन्देही, बुटवल उपमहागरपालिका-११ देबिनगर श्रेष्ठपथबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७.९० ग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल श्रेष्ठ र सोही उपमहानगरपालिका-९ मिलनचोक बस्ने २१ वर्षीय साहिल थापासमेत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिल श्रेष्ठको घरमा लागूऔषध ब्राउन सुगर बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले श्रेष्ठको घर तलासी गर्दा उनको साथबाट ६.६० ग्राम र साहिल थापाको साथबाट १.३० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८०-०७-२२

रूपन्देही, तिलोत्तमा नगरपालिका-२ तपलाइन बस्ने २८ वर्षीय बिकास सेरबुजालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम, नगद २१ हजार रूपैयाँ र मोबाइल १ थानसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।            बर्दिया, बाँसगढी नगरपालिका-८ पिसिओ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्रामसहित सोही नगरपालिका-४ मटरिया गाउँ बस्ने २२ वर्षीय निरज कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।            यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ मिलिग्रामसहित सोही गाउँपालिका-७ पेडारी बस्ने २२ वर्षीय अभिषेक थारू समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।                 बाँके, बैजनाथ गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका-८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प २०२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

विभिन्न हातहतियारसहित दुई जना पक्राउ
२०८०-०७-१८

दाङ,गढवा गाउँपालिका-६ बस्ने ४९ वर्षीय दिल बहादुर राना र ४५ वर्षीय निम बहादुर बुढालाई विभिन्न हातहतियारसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १३ थान, छर्रा २४ थान, बारुद करिब ५० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १० थान, छर्रा १३ थान, बारूद करिब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०७-१३

बाँके,नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनोद तामाङ, २१ वर्षीया निलु वली र रूकुम मुसीकोट नगरपालिका-१ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २१ वर्षीया लक्ष्मी बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट बुशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८०-०७-११

बाँके,कोहलपुर नगरपालिका-११ स्थित सडकमा भे.२ त २४३ नम्बरको ट्याक्टरमा भे.५ प ५०५ नम्बरको मोटरसाइकल ठक्कर खाई भे.१२ प ८२८ नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा भे.५ प ५०५ नम्बरको मोटरसइकलमा सवार नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २४ वर्षीय अमृत गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको मेडिकल कलेज कोहलपुरमा र २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
२०८०-०७-११

बाँके,कोहलपुर नगरपालिका-११ रेडक्रस रोडबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित सोही नगरपालिका-६ बस्ने २० वर्षीय सुरेन्द्र चौधरी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।            यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ट्याब्लेटसहित मुगु सोरू गाउँपालिका-९ बस्ने २६ वर्षीय प्रकाश मान शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०८०-०७-१०

बर्दिया, १० कात्तिकमधुवन नगरपालिका-६ गाउँ नम्बर ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-७ गाउँ नम्बर ७ बस्ने २३ वर्षीय संदिप नेपाली, सोही नगरपालिका-५ गाउँ नम्बर ८ बस्ने २२ वर्षीय माधब भण्डारी, सोही नगरपालिका-६ गाउँ नम्बर ४ बस्ने गणेश ओली, सोही नगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र १६ वर्षीय किशोर रहेका छन् ।            ई‍लाका प्रहरी कार्यालय ढोढरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले संदिप नेपालीलाई ४० मिलिग्राम, माधब भण्डारीलाई ३० मिलिग्राम, गणेश ओलीलाई २ सय मिलिग्राम तथा नगद २४ हजार ४ सय २६ रूपैयाँ र दुई जना किशोरलाई ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८०-०७-०८

रूपन्देही, सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।        नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-८ बैकुन्ठपुरस्थित सडकमा लु.९० प ४१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका-१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

लुटपाट गरेको अभियोगमा दुई जना किशोर पक्राउ
२०८०-०७-०२

दाङ, २ कात्तिक तुलसीपुर उपमहानगरपालिका-९ दोघरेबाट नगद १ लाख रूपैयाँ र मोबाइल १ थान लुटपाट गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।            सोही उपमहानगरपालिका-८ कृष्ण मन्दिर बस्ने १७ वर्षीय दिनेश वलीले माछापुछ्रे बैंकको एटिएमबाट नगद १ लाख रुपैयाँ निकाली घरतर्फ जाँदै गरेको अवस्थामा अपरिचित मानिसहरुले उनको साथमा रहेको नगद र मोबाइल लुटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद र मोबाइलसहित सोही उपमहानगरपालिका-१० राईखल्यानमा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८०-०७-०१

रूपन्देहीतिलोत्तमा नगरपालिका-१ ड्राईभर टोलमा लु.५४ प ५६९३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ मंगलापुर बस्ने २६ वर्षीय सावन थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।दाङशान्तिनगर गाउँपालिका-५ रतभटुवास्थित सडकमा रा.३ प ४३२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १४ वर्षीय सुनिल विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

६८ औं प्रहरी दिवस २०८० कार्यक्रम सम्पन्न:
२०८०-०६-३०

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको प्राङ्गणमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८०।०६।३० गते ६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित समारोहमा श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय गृहमन्त्री सन्तोष कुमार पाण्डेयज्यू, विशेष अतिथि प्रमुख सचिव राधिका अर्यालज्यू, श्रीमान् गृह सचिव लालबाबु कवारीज्यू, बुटवल उप-महानगरपालिकाका प्रमुख श्रीमान् खेलराज पाण्डेयज्यू र अतिथिको रुपमा अन्य सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरू, अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारी, प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा अमर प्रहरी प्रतिको सम्मान र सम्झनासँगै अमर प्रहरीका आश्रित परिवारजनहरूलाई प्रमुख अतिथिबाट कदर पत्र प्रदान गर्नुको साथै ६८ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयद्वारा मिति २०८० असोज २१ गते देखि ऐ. २७ गते सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठण्माडौंमा आयोजित प्रहरी दिवस रनिङ् कप पुरुष भलिवल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तर्फबाट सहभागी भई प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरुलाई प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीज्यू तथा प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।          लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि.द्वय गंगा बहादुर सारू,  शोभा पाण्डेद्वारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीहरूको सम्झनामा शोक सलामी अर्पण गर्नुका साथै कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवान, प्रशिक्षक तथा प्रशिक्षार्थीहरू र अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीद्वारा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यूको शुभकामना सन्देश लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले बाचन गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान् प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीज्यूबाट प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।  

अवैध लागूऔषधसहित व्राउनसुगर जस्तो वस्तु सहित मानिस पक्राउ
२०८०-०६-२८

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बोर्डरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुबन नगरपालिका-८ बस्ने ३३ वर्षीय राम बहादुर थारु र राजापुर नगरपालिका-१० बस्ने २१ वर्षीया सुनिता सिंह ठकुरी रहेका छन् । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भारत लौकाईबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, मधुबन नगरपालिका-२ ओरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय दिनेश नेपालीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० मा लु्म्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ प्रथम
२०८०-०६-२७

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्नकाठमाडौं, ६८औं प्रहरी दिवस २०८० को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा शनिबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टीम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र, प्रतियोगितामा सहभागि भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरूलाई प्रशंसापत्र तथा मायाको चिनो, सर्वोत्कृष्ट खलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमको सुरुमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई ३-२ ले पराजित गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टीम प्रथम भएको थियो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विजेता टिमलाई बधाई दिँदै यस प्रतियोगिताले समग्र नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढिकरण गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियता र देशप्रेमको भावनालाई उजार गर्ने विधाको रूपमा रहेको खेलकुदको विकास र प्रवर्धनका लागि सबै एकवद्धता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आबद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण खलेकुद, नेपाल प्रहरी र नागरिकबिचको सम्बन्ध सुदृढ गर्न उत्तम माध्यम भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रलाई गौरवान्वित बनाउने अपेक्षा रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलकुदलाई अझै सुदृढ गर्न नेपाल प्रहरीले विभिन्न प्रतियोगिता गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द तथा महासचिव रोशन श्रेष्ठले प्रतियोगिता वेष्ट ब्लकर, वेष्ट स्पाइकर र वेष्ट डिफेन्डरलाई र राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य प्रकाश कुसारीले प्रतियोगिताका वेष्ट सर्भर र वेष्ट सेटरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । सो अवसरमा खेलकूद कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। असोज २१ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

करेन्ट लागेर दुई जनाको मृत्यु
२०८०-०६-१५

प्युठान, प्युठान नगरपालिका-७ टिकुरी बस्ने ५८ वर्षीय कमल केसीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।  तरकारी सिचाईका लागि सोही ठाउँस्थित रानी कुलोमा विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।   रूपन्देही, देवदह नगरपालिका-३ सेम्रहना बस्ने ३४ वर्षीया मनिषा चौधरीको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको   छ । आफ्नै घरमा रहेको मासु पसलको डि-फ्रिजबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो ।    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रक्त चन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ
२०८०-०६-१४

कपिलवस्तु, १४ असोजबुद्धभूमी नगरपालिका-१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठ करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित शिवराज नगरपालिका-३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका-७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामी लगायत ८ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।        विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना.५ ख ७३८२ नम्बरको ट्रकमा ६ सय १६ केजी ९ सय ७० ग्राम  र लु.२ च १६३९ नम्बरको पिकअपमा ३६ केजी २ सय १८ ग्राम गरी उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टिकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवा  कपिलवस्तुमा बुझाइएको छ । 

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०६-०७

तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै आमा ६५ वर्षीया कमला कुमारी हमालसमेत घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको प्रहरीले टेक बहादुर हमाललाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको हो । साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा वीर बहादुर उपचार पश्चात डिश्चार्ज भएका छन् भने कमला कुमारीको नर्सिङहोम नेपालगंजमा उपचार भइरहेको छ ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०८० सम्पन्न ।
२०८०-०६-०६

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण टोलीद्वारा २०८० असोज ०६ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न भयो ।अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेल सहितको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले लुम्बिनी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ति सुरक्षाका लागि प्रहरीबाट थालनी गरिएका नयां अभ्यासहरू लगायतका विविध विषयमा स्थलगत अवलोकन गरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीबाट उक्त विषयहरूमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरूमा रहेका सम्पूर्ण शाखाहरूमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो ।निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. उमेश राज जोशीले उपस्थित सम्पूर्णमा धन्यवाद दिदैं ऐ. १२:३० बजे कार्यक्रम समाप्त भएको थियो ।

कुटपिटबाट एक जनाको मृत्यु, संलग्न चार जना पक्राउ
२०८०-०६-०१

पाल्पा, १ असोजतिनाउ गाउँपालिका-२ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुनसमेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा सुनिल खत्री र उनकै साथीहरू बिच झै-झगवा तथा कुटपिट हुँदा गम्भीर घाइते भएका खत्रीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०५-२७

बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई ललाई फकाई गरी गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो । बर्दिया, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ धामपुर बस्ने ३२ वर्षीय कपिल गिरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई विभिन्न किसिमको धाक धम्की देखाई विभिन्न मितिमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।          दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ
२०८०-०५-२४

नवलपरासी पश्चिम, २४ भदौसरावल गाउँपालिका-७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राईन कुजडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीले भुजहवाबाट महेशपुरतर्फ जाँदै गरेको अनटेस्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूले आफ्नो कम्मरमा पेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

चोरी गरेको सामान सहित पक्राउ
२०८०-०४-०७

मायादेवी गाउँपालिका-४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् । उनीहरुले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर-गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर-गहनासहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

करेन्ट लागेर २ जनाको मृत्यु
२०८०-०३-१२

बर्दिया, मधुवन नगरपालिका-१ कैलाशी गाउँ बस्ने १९ वर्षीय सुदिप थारुको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको  छ । सोही ठाउँस्थित आफ्नै दाजुको घरमा विद्युतको लाईन तान्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रूपन्देही, गैडहवा गाउँपालिका-४ पोहवा बस्ने २८ वर्षीया उमिना पासिको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको फलामको पाईपमा छुँदा करेन्ट लागेर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करेन्ट लागेर तीन जनाको मृत्यु
२०८०-०३-०७

 कपिलवस्तु, कृष्णनगर नगरपालिका-४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर बिजयनगर गाउँपालिका-५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन धुनियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर सामान्य घाइते भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्‍चात डिस्चार्ज भएका छन् ।             बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खेलिरहेको अवस्थामा मोटरमा प्रयोग गरिएको नाङगो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगजंमा उपचारको क्रममा मृत्यु भएको हो ।              दाङ, राजपुर गाउँपालिका-७ राटाकास बस्ने भक्त बहादुर विकको छोरा १३ वर्षीय तामुयल विकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । आफ्नै घरमा मोटरको पानीले नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।              यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा तीन जनाको मृत्यु
२०८०-०२-२१

पाल्पा, रैनादेबी छहरा गाउँपालिका-८ किउरेछेडास्थित सडकमा लु.१ च ९०२४ नम्बरको जिप सडकबाट करिब ४० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्घाखाँची पाणिनि गाउँपालिका-२ पोखराथोक बस्ने २ वर्षीय संयोग गौतमको उपचारको लागि लैजाने क्रममा बाटोमै, सोही गाउँपालिका-१ बस्ने ४४ वर्षीय बिजय पोखरेलको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा र जिप चालक सोही गाउँपालिका-१ पडेना बस्ने २६ वर्षीय रमेश विकसमेत ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य १० जना घाइतेमध्ये ५ जनाको लुम्बिनी प्रादेशिक अस्पताल, १ जनाको बुटवल सौराहामा र ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८०-०२-१९

नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१० मन्झरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले लु. ७० प ४०५४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१६ हकुई बस्ने ३३ वर्षीय केशव प्रसाद यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि  मेडिकल कलेज भैरहवा रूपन्देही रिफर गरिएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।             रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ स्थित सडकमा भे.१ च ३२९० नम्बरको पिकअपले लु.१३ प ९२४६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ पकलिहवा बस्ने २४ वर्षीय धिरज सिह राजपुतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।  दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।             दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०८०-०२-०१

बर्दिया, गुलरिया नगरपालिका-९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-९ टेपरी बस्ने ३० वर्षीय अवदेश यादव र भारत घर भएका २३ वर्षीय दिपक कुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० आर ३४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-२९

बाँके, बैजनाथ गाउँपालिका-६ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-३ बस्ने २३ वर्षीय अजयमान चौधरी र सोही ठाउँ बस्ने २० वर्षीय शिव थारु रहेका छन् । प्रहरी चौकी सम्झनाचोकबाट खटिएको प्रहरीले बर्दियाबाट कोहलपुरतर्फ आउँदै गरेको भे.११ प १९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८०-०१-२७

प्युठान, सरुमारानी गाउँपालिका-६ मोतिपुरस्थित सडकमा लु.५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिमरुक गाउँपालिका-४ बस्ने २५ वर्षीय सेरा शुलभ साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीस्थित सडकमा भे.१ ख २२७१ नम्बरको टिपरले युपि ४० जे १२१७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत बहराइच थाना रूपैडिया रामपुर बस्ने २५ वर्षीय सुरेश तेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नव-निर्मित प्रहरी भवन उद्‍घाटन सम्पन्न ।
२०८०-०१-२१

मिति २०८०।०१।२१ गते नेपाल प्रहरी संगठन प्रमुख श्रद्देय श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बुटवल उप-महानगरपालिका वडा नं.३ स्थित ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको परिसरमा नव-निर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, प्रहरी ब्यारेक, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको समुद्‍घाटन सम्पन्न गरियो ।उक्त समुद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी संगठन प्रमुखज्यूबाट कार्यालयको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन तथा आम नागरिकहरुसँग अन्तरक्रियात्मक छलफल समेत गर्नुभएको थियो । 

अवैध लागूऔषधसहित मानिस पक्राउ
२०८०-०१-२०

बर्दिया, गुलरिया नगरपालिका-११ स्थित हुलाकी सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-३ भग्रैया बस्ने ३० वर्षीय रोजन पुरी र सोही नगरपालिका-२ ओराली बस्ने २१ वर्षीय अबिनाश नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गणेशपुरबाट गुलरियातर्फ जाँदै गरेको ना.२८ प ९२८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नव-निर्मित प्रहरी भवन उद्‍घाटन सम्पन्न ।
२०८०-०१-१४

मिति २०८०।०१।१४ गते लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले प्यूठान जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी चुँजाठाँटीको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।उद्‍घाटन पश्चात प्रहरी नायब महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

नव-निर्मित प्रहरी चौकी भवन उद्घाटन सम्पन्न ।
२०८०-०१-०३

मिति २०८०।०१।०३ गते लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थीनिय समाजसेवी, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पत्रकारहरु लगायतको आतिथ्यतामा एक कार्यक्रमका बिच प्रहरी चौकी पिपलडाँडा पाल्पाको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।भवन उद्‍घाटन पश्चात् प्रहरी नायब महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । साथै उक्त कार्यक्रममा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गर्नुहुने जग्गादाता एवं भवन निर्माणका लागि विषेश योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८०-०१-०२

रुपन्देही, देवदह नगरपालिका-१ भवरावारीमा लु.१ ह ३८१४ नम्बरको अटो र लु.५२ प ५०३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार देवदह नगरपालिका-२ बस्ने २३ वर्षीय युवराज सारु मगर र अटोमा सवार नवलपरासी सुनवल नगरपालिका-८ बस्ने २५ वर्षीया दिलमाया सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  हाल फरार अटो चालकको प्रहरीले खोजी गरिररहेको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०७९-१२-२७

प्युठान, सरुमारानी गाउँपालिका-६ मोतिपुरस्थित सडकमा बिजुवारदेखि दाङतर्फ जाँदै गरेको लु.३ च ३८५५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दाङ लमही नगरपालिका-७ नयाँ बस्ती बस्ने २२ वर्षीय सत्यनारायण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक सहित २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०७९-१२-१९

कपिलवस्तु, बुद्धभूमी नगरपालिका-९ चम्पापुरस्थित सडकमा रोकी राखेको ग.१ ख ३८३५ नम्बरको ट्रकमा रा.३ प ७६७० नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार विजयनगर गाउँपालिका-४ त्रिपालनगर बस्ने २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रुखबाट लडी मृत्यु
२०७९-१२-१५

जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका-८ सानोलिवाङ घर भई हाल जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका-४ गमालिचौरमा स्थित माईति घरमा विगत ३ बर्ष देखि बस्दै आएकी गणेश बस्नेतको श्रीमती बर्ष ३२ कि कामना घर्ति बस्नेत माईती घरदेखि अन्दाजी १ कि.मि.दक्षिण तर्फ रहेको मेलखोस्री वनमा काफलको रुखमा चढेर काफल टिप्ने क्रममा काफलको रुखबाट खसेर सिरियस घाईते भएको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई गई बुझ्दा निज घाईतेलाई उपचारको लागी दाङ तर्फ लैजाने क्रममा ऐ.ऐ. ४ गमालीचौर भन्ने स्थानमा ऐ.ऐ. स्थित रहेको सिमपानी स्वास्थ्य चौकी प्रमुख धन बहादुर घर्तिले मृत घोषणा गरेको, उक्त लास माईती घरमा ल्याई राखेको, निजको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश रहेको, निजको २ छोरी रहेको, घर पक्ष पनि आईसकेको, थप अनुसन्धान कार्य भईरहेको ।

पत्रकारसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०७९-११-२९

मिति २०७९।११।२९ गते यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पत्रकारहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाईन मिडियामा कार्यरत १८ जना संचारकर्मीहरु लगायत यस कार्यालयका प्र.ना.म.नि. टेक प्रसाद राई ज्यू, प्र.ब.उ. दिपक कुमार बस्नेत ज्यूका साथै अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले समयमै सूचना प्रवाहलाई जोड दिनु पर्ने कुरा राख्नु भयो भने प्र.ना.म.नि. ज्यूले सूचना प्रवाहमा देखिएका समस्यालाई समाधान गरी समयमै सूचना प्रवाह गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो ।       

गण्डक नहरमा हाम फाली मृत्यु
२०७९-११-०९

जिल्ला नवलपरासी पश्चिम सुस्ता गाउँपालिका-२ हरकपुरा स्थित रहेको गण्डक नहरमा ऐ.२ महलबारी बस्ने तिर्थराम थारुको श्रीमती बर्ष अन्दाजी २९ कि (मानसिक सन्तुलन ठिक नभएको)  प्रतिमा थारुले आफ्नो दुई छोरा बर्ष ९ को क्रिश थारु र बर्ष ७ सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम फाली  बेपत्ता भएको भन्ने खबर स्थानिय मार्फत प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गएको, स्थानीय र प्रहरीको सक्रियतामा खोज तलास गर्दा तिनै जनाको शव मृत अवस्थामा फेला पारी आवश्यक कार्य भईरहेको ।नोट:- निजको श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको घरमा सासु दुई छोरा र निज महिला रहेको  ।

कार्य योजनाहरु निर्माण गरी भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो ।
२०७९-११-०४

फागुन -०४, दाङलुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल तथा अन्तरक्रिया एवं निर्देशन गर्नु भयो । प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी लुम्बिनी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुष्तदुरुष्त बनाउन साथै यस कार्यालयले निर्माण गरेको सीमा तस्करी नियन्त्रण सम्बन्धी कार्य योजना २०७९, फैसला कार्यान्वयन कार्य योजना २०७९, लागू औषध नियन्त्रण कार्य योजना २०७९, आत्महत्या अपराध नियन्त्रण कार्य योजना २०७९ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले निर्माण गरेको सड्क दुर्घटना न्यूनिकरण सम्बन्धी कार्य योजना प्रदेश प्रहरी प्रमुख राईद्वारा उक्त भिडियो कन्फरेन्स मार्फत कार्यान्वयनमा ल्याईयो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण, खजुरा बाँके, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल नवलपरासी पश्चिम लगायत १२ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालय अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरु लगायतका विषयमा प्रहरी नायव महानिरीक्षक राईलाई जानकारी गराउनु भएको थियो । भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले समयानुसार आईपर्ने जस्तोसुकै विषम परिस्थितिहरुको सामना गर्न प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने बताउँदै जिल्लाहरुमा हुनसक्ने सम्भावित घटनाहरुलाई रोक्न अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आवश्यक श्रोत साधन र पर्याप्त मात्रामा प्रहरी जनशक्ति परिचालन गर्न समेत निर्देशन गर्नुभएको छ ।

शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न ।
२०७९-१०-१२

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा मिति २०७९।१०।१२ गते जिल्ला दाङ, लमही नगरपालिका वडा नं. ४ मन्त्र होटलमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके र जिल्ला प्रहरी कार्यालय (१२) गरी १७ प्रहरी कार्यालयहरुले आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । साथै, यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि. टेक प्रसाद राई ज्यूले नि:शुल्क प्रहरी सेवा, नागरिक मैत्री प्रहरी, सम्बृद्धि सहितको सुशासन, तस्करी नियन्त्रण, भष्ट्राचारमा शुन्य सहनशिलता लगायतका विषयहरुलाई प्राथमिकतामा राखी सुधार गर्नका लागि आवश्यक सुझाव सहितको निर्देशन दिनुभयो ।

पत्रकारसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
२०७९-१०-११

आज मिति २०७९।१०।११ गते यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पत्रकारसंग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा छापा, रेडियो, टेलिभिजन, अनलाईन मिडियामा कार्यरत १९ जना संचारकर्मीहरु लगायत यस कार्यालयका प्र.ना.म.नि. टेक प्रसाद राई ज्यू, प्र.ब.उ. दिपक कुमार बस्नेत ज्युका साथै अन्य  सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले समयमै सूचना प्रवाहलाई जोड दिनु पर्ने कुरा राख्नु भयो भने प्र.ना.म.नि. ज्यूले सूचना प्रवाहमा देखिएका समस्यालाई समाधान गरी समयमै सूचना प्रवाह गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्नु भयो । 

लागूऔषध सहित ३ जना पक्राउ
२०७९-०८-२६

जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका-२ यात्रुगेट स्थित विषेश सूचनाको आधारमा प्रहरी टोलीले नेपालबाट भारत तर्फ अबैद रुपमा निम्न मानिसहरुले कम्मरमा कपडाले बादी लैजादै गरेको अन्दाजी १५ के.जी. अफिम जस्तो देखिने कालो पदार्थ मानिस सहित बरामद गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।                                                              निम्न १. जिल्ला रुकुम काक्री गाउँपालिका-९ हाल जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका-१७ मानपुर बस्ने बर्ष ४३ की आसा कुमारी बुढा ।२. जिल्ला रोल्पा गाम गाउँपालिका-१ हाल जिल्ला दाङ लमही नगरपालिका- ४ लमही बस्ने बर्ष ४८ कि निर्मला बि.क. ३. जिल्ला रोल्पा घर भई हाल जिल्ला दाङ लमही नगरपालिका- ४ लमही बस्ने बर्ष ३६ कि भावना पुन मगर ।

सवारी दुर्घटना
२०७९-०८-२६

जिल्ला दाङ दंगिशरण गाउँपालिका-३ एकली स्थित एकलीबाट थपगाउँ तर्फ जादै गरेको रा १ त ४५९३ नं. को ट्याक्टरबाट सोही ट्याक्टरमा लेवर काम गर्ने ऐ. ६ थपगाउँ बस्ने बर्ष १७ को सुदिप चौधरी (चलिरहेको अबस्थामा) खस्न जादा सिरियस घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ तर्फ पठाईएको, ट्याक्टर प्रहरीको नियन्त्रणमा, चालक ऐ. ६ थपगाउँ बस्ने बर्ष २९ को वेश बहादुर चौधरी फरार रहेको खोज तलास कार्य भईरहेको, घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको लाश सोही अस्पतालमा रहेको, ट्याक्टर र ट्याक्टर साहु नियन्त्रणमा ।

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
२०७९-०८-११

जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती स्थित भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ४ त ९१०३ नं. को ट्याक्टरको ट्रली पल्टिन जादा सोही ट्याक्टरमा सवार निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी सामुदायिक अस्पताल चिसापानी पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा ।१. सोही ट्याक्टरमा सवार जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-१६ सित्तलबस्ती बस्ने बर्ष ३० को खुम मल्ल ठकुरी, अवस्था सिरियस रहेकोमा उपचारको क्रममा मृत्यु भएको । २. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने बर्ष २२ को मनोज परियार, अवस्था मध्यम । ३. सोही ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २६ को बिजय दमाई, अवस्था मध्यम ।

लागूऔषध सहित मानिस पक्राउ
२०७९-०७-२४

दाङ, लमही नगरपालिका ९ अमिलिया स्थित प्रहरीको चेकिङ टोलीले गोप्य सुूचनाका आधारमा नेपालगंज देखि घोराही तर्फ जाँदै गरेको रा ३ प ८८८७ नं. को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा चालक जिल्ला दाङ गढवा गाउँपालिका वडा नं. ८ स्थायी वतन भई हाल ऐ. घोराही उपमहानगरपालिका १७ बस्ने बर्ष ३५ को जितबहादुर गुरुङ, ऐ.ऐ. वडा नं. १५ बस्ने बर्ष २० को नविन के.सी. र ऐ.ऐ वडा नं. १७ बस्ने बर्ष २६ को राजिव पुनमगरको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थको ११ वटा सानो पोका फेला पारी निजहरू तिनै जनालाई बरामद भएको लागूऔषध र मो.सा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सवारी दुर्घटना
२०७९-०७-२३

 जिल्ला बाँके कोहलपुर नगरपालिका-१३ आर्मी पोष्ट नजिकै पुर्ब तर्फ राजमार्ग सडक खण्डमा पश्चिम देखी पुर्ब तर्फ जादै गर्दा धान लोड गरेको बिग्रिएर रोकी राखेको ना५ख ३४५९ नं. को ट्रकमा सोही दिशा तर्फ जांदै गरेको चालक जिल्ला बाँके बैजनाथ गाउँपालिका ५ जि गाउ बस्ने बर्ष ३० को गणेश योगीले चलाएको भे९प ७१३० नं. को मो.सा. सोही ट्रकको पछाडी ठक्कर खांदा मो.सा. चालक गम्भिर घाईते र मो.सा. मा सवार ऐ.ऐ. बस्ने बर्ष ३५ को जय बहादुर बुढा सामान्य घाईते भई दुबै जनालाई मेडिकल कलेज कोहलपुर बाँकेमा ल्याई चेक जांच गर्दा मो.सा. चालकको मृत्यु भएको, मो. सा. मा सवारको उपचार भईरहेको ।  ट्रक चालक फरार खोजतलास कार्य भईरहेको ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०७९-०७-१७

जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका-९ भर्तापुर स्थित बनगाई जिनुवा भित्री सडक खण्डमा जिनुवाबाट बनगाई तर्फ आउदै गरेको लु ८ प २०६८ नं. को मो.सा. र  बिपरित दिशाबाट जादै गरेको लु २ स १९४७ नं.को अटो एक आपसमा ठक्कर खादा मो.सा.चालक जिल्ला कपिलबस्तु वाणगंगा नगरपालिका-८ बस्ने बर्ष १६ निसान सुनार घाईते भई उपचारको लागी सामुदायिक अस्पताल चार नं पठाईएकोमा थप उपचारको लागी बुटबल पठाईएको, अवस्था मध्यम, उपचारमा बुबा सम्लग्न रहेको, मो.सा.,अटो र अटो चालक प्रहरीको नियन्त्रणमा, मो.सा.चालक निसान सुनारको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको ।

६७ औं प्रहरी दिवस २०७९ कार्यक्रम सम्पन्न
२०७९-०६-३१

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको प्राङ्गणमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री कुल प्रसाद के.सी.ज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०७९।०६।३१ गते ६७ औं प्रहरी दिवस २०७९ को मुख्य समारोहमा श्रद्धाञ्जली तथा पुनर्मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथिको रुपमा लुम्बिनी प्रदेशका माननीय आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्मा र अतिथिको रुपमा अन्य सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरू, अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूको उपस्थिति  रहेको थियो । उक्त अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा प्रहरीलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा प्रमुख अतिथिबाट सम्मान-पत्र प्रदान गर्नुको साथै नेपाल राष्ट्र र नेपाली जनताको हित एवं प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरूलाई  विशेष अतिथि  माननीय आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्मा तथा प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायबाट नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरिएको थियो ।          लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्र.नि नविन ओलीद्वारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिबाट अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी अमर प्रहरीहरूको सम्झनामा शोक सलामी अर्पण गर्नुका साथै कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवान प्रशिक्षक तथा प्रशिक्षार्थीहरू र अमर प्रहरीका परिवार, पूर्व प्रहरी कर्मचारीद्वारा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको शुभकामना सन्देश लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले बाचन गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायज्यूबाट प्रमुख अतिथि, बिशेष अतिथि तथा अन्य आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यवाद ज्ञापन पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।  

सवारी दुर्घटनामा १ को मृत्यु, १ जना घाईते
२०७९-०६-१८

बर्दिया गुलरिया नगरपालिका-८ निलो पेट्रोलपम्प नजिकै हुलाकी सडकखण्डमा पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-५ फूलबारी बस्ने बर्ष १८ को सतीराम चौधरीले चलाएको भे३प ४६९४ नं. मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक र सोही मो.सा. मा सवार ऐ.ऐ. बस्ने बर्ष १८ को धनबीर चौधरी गम्भिर घाईते भई, दुबैजना घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटिएको, मो.सा. प्रहरीको नियन्त्रणमा ।मो.सा. चालक सतीराम चौधरीको उपचारको क्रममा मृत्यु भएको, मृतक लाश बर्दिया अस्पतालमा रहेको, धनबीर चौधरी थप उपचारको लागि नेपालगंज रिफर भई गएको ।

प्रभात फेरी कार्यक्रम सम्पन्न
२०७९-०६-०३

असोज-३ गते, जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका-१० स्थितबाट आन्तरिक मामिला कानून तथा संचार मन्त्रालयको आयोजनामा (संबिधान दिवस, २०७९ को अवसरमा प्रभात फेरी) कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख माननीय श्री अमिक शेरचन र प्रमुख अतिथि माननीय मुख्य मन्त्री श्री कुल प्रसाद के.सी.ज्यूको अध्यक्षतामा  सुरु भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्र.जि.अ. भरतमणि पाण्डे, नेपाली सेनाको सहायक रथी नवराज गुरुङ, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्र.ना.म.नि. नल प्रसाद उपाध्याय, स.प्र.ई.का.भैरहवाका प्रमुख प्र.ब.उ.शिद्धीबिक्रम शाह, प्र.ता.के.बुटवलका प्रमुख प्र.ब.उ. सुरेन्द्र प्रसाद मैनाली, नेपाल प्रहरी रामार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्र.उ. योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्र.उ. रबिन्द्र रेग्मी, स.प्र.बल नेपाल २७ नं. गणका स.प्र.उ. गगन श्रेष्ठ, विभिन्न संघ संस्थाका पदाधिकारीहरू लगायत अन्दाजी १५०० उपस्थिति रहेको थियो । उक्त प्रभात फेरी कार्यक्रम बुटवल चौराहाबाट सुरु भई अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुगी कार्यक्रम गरी सम्पन्न भएको थियो ।

लागूऔषध सहित पक्राउ
२०७९-०६-०२

दाङ लमही नगरपालिका-९ अमिलिया स्थित अमिलिया चोकमा घोराहीबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना.७ ख. ९०५ नं.को बसलाई गोप्य सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिई चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार निम्न स्थान बस्ने, निम्न ब्यक्तिहरुबाट निम्न परिमाणमा चरेस जस्तो देखिने प्लाष्टिकमा बेरेको गिलो पदार्थ सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।                                                       निम्न :-१) जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३ डुमरगाँउ बस्ने बर्ष ४० की सुशिला गिरीको साथ बाट ४ के.जी. २६५ ग्राम । २) जिल्ला रोल्पा लिबाङ नगरपालिका ६ कोटगाँउ घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३  सेवार बस्ने बर्ष ३८ की खुशी पुन मगर भन्ने एकता पुन मगरको साथबाट २ के.जी. ९५ ग्राम गरी दुवैको साथबाट प्लाष्टिक सहित तौल गर्दा जम्मा ६ के.जी. ३६० ग्राम बरामद भएको ।

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा :-
२०७९-०५-१२

दाङ १२ भाद्र, दाङ, गढवा नगरपालिका वडा नं. ७ ज्वती सामुदायिक बनबाट राम बहादुर चौधरीलाई भरुवा बन्दुक, बारुद, केप, फलामको गोली र छर्रा सहित पक्राउ गरिएको छ ।  मिति २०७९।०५।११ गते १८:४० बजे ज्वती सामुदायिक बनमा शिकार खेल्न गएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट प्र.नि. रन्जु के.सी. को कमाण्डमा ७ जनाको टोली खटि गएको थियो । प्रहरी टोलीले जिल्ला दाङ, राजपुर गाँउपालिका वडा नं. १ कठबेरुवा बस्ने बर्ष ४२ को राम बहादुर चौधरीबाट लोड गरेको भरुवा बन्दुक  थान १ (एक नाले), बारुद १०० ग्राम,  केप थान ४ , फलामको गोलि १९ वटा  र फलामको छर्रा १२६ वटा बरामद गरेको छ । बरामद भएको भरुवा बन्दुक लगायतका सामान सहित निज राम बहादुर चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटना
२०७९-०५-१०

रोल्पा माडी गाउँपालिका ४ बेर्सावाङ स्थित शहिद मार्गमा सिस्नेबाट घर्तिगाउँ रोल्पा तर्फ आउँदै गरेको बा ७ च ५००२ नं.पिकअप बोलेरो गाडी सडकबाट १०० मिटर तल खोलामा खसेको भनि मिति २०७९।०५।११ गते ०७:३० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई बुझ्दा अनियन्त्रित भई खोलामा खसेको, चालक जिल्ला नुवाकोट ककनी नगरपालिका २ बस्ने बर्ष ३१ को बुद्धि बहादुर लामाको घटनास्थलमा नै मृत्यु भएको, लाश र गाडी खोलामा रहेको, निकाल्ने कार्य भईरहेको र सह-चालक जिल्ला वैतडी पाटन नगरपालिका-४ बस्ने बर्ष २२ को मनोज चन्द अवस्था मध्यम निजलाई उपचारको लागि स्मृती अस्पताल घर्तिगाउँ रोल्पा पठाईएको ।

लागूऔषध सहित ४ जना पक्राउ
२०७९-०५-०७

दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५  उद्योगवाणिज्य टोल स्थित अल बहादुर बाँठाको पुरै घर जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ११ खैरावाङ घर भएका दिपेश कृष्ण बुढाथोकीले भाडामा लिई निजले जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ घर भएका जनक बुढाथोकीलाई कोठा भाडामा दिएकोमा सोही कोठामा अबैध लागूऔषध ट्रामाडोलको कारोवार भई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सोही कोठामा निम्न मानिसहरु समेत कोठा भित्र बसी लागूऔषध ट्रामाडोल कारोवार गरी राखेको अवस्थामा फेला पारी उक्त कोठा तथा निजहरुको शरिर रित पुर्वक खानतलासी गर्दा काठको टेबुलको घर्रामा लुकाएर राखिएको कालो प्लाष्टिकमा राखिएको २५२(२५२x१०=२५२०) पत्ता र प्रयोग गरि बाँकी रहेको ८ वटा ट्यावलेट गरी जम्मा २५२८ ट्यावलेट, निजहरुले लागूऔषध ट्रामाडोल र एक थान चक्कु समेत बरामद गरी लागूऔषध कारोवार गर्ने चार जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।                                                         निम्न :-१. जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ गाईडर बस्ने बर्ष २४ को जनक बुढाथोकी ।२. ऐ.ऐ.वडा नं. १ भमके बस्ने बर्ष २८ को बसन्त साहुँ भन्ने भिम बहादुर वि.क.।३. ऐ.ऐ. बस्ने बर्ष २६ को मिलन वि.क.भन्ने चुर्ण बहादुर वि.क.। ४. जिल्ला दाङ बबई गाउँपालिका वडा नं. ५ हापुरे बस्ने बर्ष २२ को बसन्त रिजाल भन्ने हिरालाल पंगाली ।

कुटपिट गरी मानिस मारेको अभियोगमा २ जना पक्राउ
२०७९-०५-०६

महाराजगंज नगरपालिका-२ पडरीया बस्ने बर्ष ६३ को अब्दुल हक मुसलमान र सोहि ठाउँ बस्ने निजको छोरा बर्ष २० को सम्साद मुसलमानले कुटपिट गरी मानिस मारेको अभियोगमा पक्राउ परेका छन् । मिति २०७९/०५/०६ गते १२:३० बजे सम्साद मुसलमान र अब्दुल हक मुसलमानले स्थानीय सिचाँई कुलोको विषयलाई लिएर सोहि ठाउँ घर भएका बर्ष ६८ को अब्दुल जब्बार धुनिया र  बर्ष ३८ को अब्दुल रहमानलाई कुटपिट गर्दा घाईते भएका थिए । घाईतेहरु मध्ये अब्दुल जब्बार धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भईरहेकोमा दिउँसो १३:२० बजे उपचारको क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने सम्साद मुसलमान र अब्दुल हक मुसलमानलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरि रहेको छ । 

सवारी दुर्घटना
२०७९-०५-०४

रुपन्देही तिलोत्तमा नगरपालिका-१ शंकरनगर चोक स्थित बुटवल भैरहवा हाईवे सडक खण्डमा बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २१ प ९५९४ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टन जाँदा स्कुटर पछाडी सवार जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-१ बस्ने बर्ष अन्दाजी २४ को धन बहादुर पौडेल क्षेत्री र स्कुटर चालकको नामथर वतन नखुलेको दुबै घाईते भएको अवस्था सिरियस उपचारको लागी लुम्बिनी प्रादेशिक हस्पिटल बुटवल पठाइएको, उक्त स्थानमा प्र.स.नि.कमल भट्टराईको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई गएको, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । थप अपडेट: स्कुटर चालक जिल्ला रुपन्देही ओमसतिय गाउँपालिका-१ बस्ने बर्ष अन्दाजी ३० को शंकर पुनको उपचारको क्रममा मृत्यु भएको र पछाडी सवार धन बहादुर पौडेल क्षेत्रीलाई मेडिकल कलेज भैरहवा रिफर गरिएको ।  

करेन्ट लागी मृत्यु
२०७९-०५-०४

बाँके नेपालगंज उप-महानगरपालिका-१७ ढोडेगाउँ स्थित ऐ.बस्ने बर्ष ४० को पर्शुराम कलवारको छोरा बर्ष २५ को बब्लु कलवारलाई आफ्नै भे १ स ७१४० नं.को ब्याट्रीवाला अटो रिक्सा चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लाग्न गई निजलाई छुटाउने क्रममा निजको बुवा पर्शुराम कलवार र निजकै हजुर आमा बर्ष ८५ की रामराज कलवारलाई समेत  करेन्ट लागी बब्लु कलवारको घटनास्थलमा नै मृत्यु भएको लास घटनास्थलमा रहेको, पर्शुराम कलवारको उपचारको क्रममा नर्सिङहोम नेपालगंज बाँकेमा मृत्यु भएको र रामराज कलवारको  नर्सिङहोम नेपालगंज बाँकेमा उपचार भई रहेको अवस्था सामान्य घटनास्थलमा प्रहरी टोली खटि गएको ।

सवारी दुर्घटना
२०७९-०५-०२

दाङ, घोराही उप-महानगरपालिका १३ स्थित बनगाँउ देखी घोराही तर्फ आउदै गरेको रा.१ ह. ३०९४ न.को अटो आफै अनियन्त्रीत भई दुर्घटना हुन जाँदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागी राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ तर्फ पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटी गएको, अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको ।                                             निम्न घाईतेहरु :-१) जिल्ला दाङ घोराही उप-महानगरपालिका-१३ बस्ने बर्ष ११ को साहिल गिरी, अवस्था मध्यम ।२) ऐ. बस्ने बर्ष ४२ की निर्मला गिरी, अबस्था मध्यम ।३) ऐ. बस्ने बर्ष ६० की अस्मानी चौधरी, अबस्था मध्यम ।

हातहतियार खरखजाना तथा विष्पोटक पदार्थ सहित मानिस नियन्त्रणमा
२०७९-०४-३०

दाङ, ३० साउन             बर्दिया, बारबर्दिया नगरपालिका वडा नं. ६ मनिकापुर बस्ने वर्ष ५६ को निमलाल शर्मा हातहतियार खरखजाना सहित पक्राउ परेका छन् । केहि दिन अगाडी बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएको सि.सि. टि.भि. फुटेजमा देखिन आएपछि आइतवार दिउँसो नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय निकुञ्जका प्रमुख सहितको टोलीले निजको घरमा खानतलासी गर्दा निम्नानुसारका हातहतियार खरखजाना बरामद भएको छ । बरामद भएको हातहतियार खरखजाना सहित निमलाल शर्मालाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वारबाट थप अनुसन्धान भई रहेको छ ।                         निम्न १.     दुई नाले बारा बोर  बन्दुक थान १ ,ऐ को गोली राउण्ड थान ३ ।२.     ३०३ राईफलको गोली राउण्ड थान ४ ।३.     8mm kf लेखिएको गोली राउण्ड थान १६ ।४.      OFV A7  60 गोली राउण्ड थान १२ ।५.      OFV 2010 5.56  गोली राउण्ड थान २ ।६.      MK3 EXPLOSIVE थान १ ।७.      PEK अं. १०० ग्राम ।८.      १२ बोर काटुस थान ८ ।९.      पटाका २१ रोल ।

प्युठानमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु १५ घाइते
२०७९-०४-२९

प्युठान, नौबहिनी गाँउपालिका वडा नं. ६ बहाने बजार नजिकै घुम्तिमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु १ ज १५४८ नं. को जिप आज साँझ ५ आफै अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा ३ जना मानिसको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला प्युठान, नौबहिनि गाँउपालिका वडा नं. ५ बस्ने वर्ष २५ को लुकेश थापा, सोही घर भएकी रेमसरा बुढामगरकी छोरी वर्ष ४ की करुणा बुढामगर र निजकै छोरी २५ दिनकी चेतना बुढामगर रहेका छन् । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल प्युठानमा पठाइएको छ।  घाईतेहरु:-१.    जिल्ला प्युठान ऐरावती गा.पा.५ खवाङ बस्ने बर्ष २८ को गोबिन्द के.सि. ।२.    ऐ.नौबहिनि गा.पा. २ लिघा बस्ने बर्ष २६ की लक्ष्मी घर्तिमगर ।३.    ऐ. बस्ने बर्ष ५२ को मिनराम सुनार ।४.    ऐ. बस्ने बर्ष ३० को दल ब. खत्री ।५.    ऐ. १ बस्ने बर्ष २६ को ईन्द्र ब. बुढामगर ।६.    ऐ. ५ बस्ने बर्ष २३ को रबिन घर्तिमगर  ।७.    ऐ.ऐ. बर्ष १८ कि धनमाला थापामगर ।८.    ऐ.ऐ. बर्ष ११ को रोशन थापा मगर  ।९.    ऐ.ऐ.बर्ष २८ को हुम ब. बुढामगर  ।१०.    ऐ.ऐ.बर्ष २८ को मिनराज राना क्षेत्री  ।११.    ऐ.ऐ. बस्ने बर्ष ६० की दिल सरी बि.क.  ।१२.    जिल्ला रोल्पा लुङ्ग्री गा.पा. १ बस्ने बर्ष १२ की अस्मिता पुन मगर ।१३.    जिल्ला प्युठान नौबहिनि ५ बस्ने बर्ष २२ की दिलमाया थापा  ।१४.    ऐ.ऐ. बस्ने बर्ष ११ की रियासा थापा ।१५.    ऐ. बस्ने बर्ष २५ की रेमसरा बुढामगर ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०७९-०४-२९

नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-५ बाईपास चोकस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०१८९ नम्बरको ट्रक र लु.१ ख ९५७७ नम्बरको बस शनिबार दिउँसो एकआपसमा ठोक्किदा बसमा सवार नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ बस्ने ३० वर्षीया बिनु शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार १ जनाको सोही अस्पतालमा र १ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्र.ना.उ. सवार TATA Yodha Pickup Van दुर्घटना ।
२०७९-०४-२८

रूकुम पूर्व साउन, २८ मिति २०७९।०४।२८ गते ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश डाँगी  र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवारको टोली ई.प्र.का. तकसेरा रूकुम पूर्वको कार्यालय निरीक्षणको लागी बिहान ०९:१५ बजेको समयमा ई.प्र.का. तकसेरा रूकुम पूर्वको लागी लु.१ झ. ६६० नम्बरको TATA Yodha Pickup Van मा हिडेकोमा जिल्ला रूकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका ११ को तल्लो सेरा भन्ने स्थानको घुम्तीमा गाडी मोड्ने क्रममा प्र.ना.उ. प्रकाश डाँगी चढेको Pickup VAN अचानक उक्त घुम्तीबाट अन्दाजी १२० मिटर तल खस्दा उक्त गाडीमा सवार प्र.ना.उ. डाँगी र अन्य ५ जना गरी जम्मा ६ जना प्रहरी कर्मचारीहरू घाईते भएका छन, प्र.जि.अ. तुलराम सुनुवार भने जिल्ला प्रशासन कार्यालयको आफ्नै गाडीमा सवार रेहको, र उक्त दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी, स्थानिय निकाय तथा जनप्रतिनिधिहरू, ई.प्र.का. तकसेरा रूकुम पूर्वको प्रहरी टोली र स्थानियको वासिन्दाहरूको सहयोगमा उद्दार गरी घाईते प्रहरी कर्मचारीहरूलाई पुथा उत्तर गंगा गा.पा. ११ डिखिउ भन्ने स्थानमा रहेको हेलिप्याडमा लगी नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागी कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको ।निम्नः-१ प्र.ना.उ.प्रकाश डाँगीको दाहिने हातको कुम भाँचिएको तथा शरिरको विभिन्न भागहरूमा चोट अवस्था मध्ययम हाल थप उपचारको लागी Nursing Home Nepalgunj रिफर गरिएको ।२.स.प्र.ना उ.रबिन्द्र श्रेष्ठ  मुखमा चोट अवस्था मध्यम ।  ३ चालक प्र.ह.कुमार सिंह डाँगीको टाउकोमा चोट मध्यम मध्यम ।४ जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ एलबाङ घर भई जिल्ला प्रहरी कार्यलय रूकुम पूर्वमा कार्यरत प्रहरी जवान लक्ष्मण पुन मगरको टाउकोमा चोट  लागी अवास्था गम्भिर भएकोमा हाल नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा १६:२० बजेको समयमा मृत्यु भएको ।५ प्र.ज.सन्तोष बुढा अवस्था मध्ययम ।६ प्र.ज.ईन्द्र घर्ती मगरको कान च्यातिएको अवस्था मध्यम  ।

लागूऔषध सहित मानिस नियन्त्रणमा:
२०७९-०४-२४

कपिलवस्तु, मायादेवी गाँउपालिका वडा नं. ०१ ईमिलियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तुसहित जिल्ला, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ वुद्धनगर बस्ने अन्दाजी वर्ष २७ को जनकराम घिमिरे पक्राउ परेका छन् ।  मिति २०७९।०४।२३ गते १७:४० बजेको समयमा ईमिलिया स्थित बगदी - पकडी  भित्री सडक खण्डमा पकडीबाट वगदीतर्फ जाँदै गरेको लु  ८२ प ३२२५ नं. को मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा निज जनकराम घिमिरेको साथबाट अन्दाजी २ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको हो । निज जनकराम घिमिरेलाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ  ।

देबरद्वारा भाउजुमाथि चक्कु प्रहार गरी घाइते बनाएको
२०७९-०४-२३

दाङ २३ साउन, नवल्परासी पश्चिम, सुनवल नगरपालिका वडा नं. ५ हर्दिया बस्ने बर्ष ३२ को बिशाल खड्काले मिति २०७९।०४।२२ गते राती १०:२० बजेको समयमा आफ्नै भाउजु बर्ष २८ की ममता खड्काको घाँटीमा चक्कु प्रहार गरी घाईते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्र.नि. बिष्णु पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई निज बिशाल खड्कालाई नियन्त्रणमा लिने क्रममा ईलाका प्रहरी कार्यालय, सुनवलमा कार्यरत प्रहरी हबल्दार खिम बहादुर गुरुङको घाँटीमा समेत सोही चक्कुले प्रहार गरी घाईते बनाएकोमा  घाइतेहरुको देवदह मेडिकल कलेज भलुही, रुपन्देहीमा उपचार भई रहेको छ । निज बिशाल खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते:
२०७९-०४-२३

दाङ २३ साउन,  बर्दिया, मधुवन नगरपालिका वडा नं. ४ मख्खन चौक हुलाकी सडकखण्डमा मिति २०७९।०४।२२ गते राती ११:४० बजेको समयमा भुरीगाउँतर्फबाट आउँदै गरेको भे १२ प ७३५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मधुवन नगरपालिका ४ बाँदरभरिया बस्ने बर्ष ३० को सुनिल चौधरी र सोही बेलुवा बस्ने वर्ष २७ की सोनिया थारु गभ्मिर घाईते भएका थिए । घाइते सोनिया थारुको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मिति २०७९।०४।२३ गते राती ००:४८ बजेको समयमा मृत्यु भएको छ भने घाइते सुनिल चौधरीको नर्सिङहोम नेपालगंजमा उपचार भई रहेको छ । दुर्घटनाग्रस्त मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

“अपराध अनुसन्धान सम्बन्धी समस्या र सामाधनका उपायहरु” विषयक प्रदेश स्तरीय एक दिवसिय समिक्षा गोष्ठी सम्पन्न ।
२०७९-०४-२०

       आज मिति २०७९।०४।२० गते  शुक्रबार  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाण्डौको सहकार्यमा अपराध अनुसन्धानलाई वस्तुपरक,तथ्यपरक,प्रमाणमुखी  र पारदर्शी बनाउने उद्देश्यका साथ “अपराध अनुसन्धान सम्बन्धी समस्या र सामाधनका उपायहरु”  विषयक प्रदेश स्तरीय एक दिवसिय समिक्षा गोष्ठी कार्यक्रम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला,कानून तथा संचार मन्त्री माननीय तिलकराम शर्मा ज्यूको अध्यक्षतामा  सम्पन्न भयो ।उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका १२ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखबाट अपराध अनुसन्धान र यसका समस्या तथा समाधानका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल ज्यूले कार्यक्रमको उद्वेश्यमाथी प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको थियो । उच्च सरकारी वकिल कार्यालयका सह- न्यायाधिवक्ता मोहन सागर बस्याल, आन्तरिक मामिला कानून तथा संचार मन्त्रालयका सचिव कोमल प्रसाद धमला र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मुख्य न्यायाधिवक्ता मा. श्री कृष्ण सुवेदी ज्यूहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । विभिन्न सरकारी तथा सामाजिक संघ संस्थाका प्रमुख ज्यूहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय ज्यूले धन्यवाद ज्ञापन गर्नुका साथै छलफल अन्तरक्रियामा उठेका विषयहरुमाथी प्रष्ट पार्नु भएको थियो । केन्द्रिय अनुसन्धान व्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी ज्यूले  अपराधको बदलिदो प्रवृतीका साथै समसामयिक बिषयमा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

श्रीमान श्रीमती मृत अवस्थामा फेला परेको।
२०७९-०४-१०

बाँके, श्रावण १०जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतिपुरमा आफ्नै घर भित्र श्रिमान श्रिमती मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही घर भएका वर्ष २२ को मम्मु भन्ने कृष्ण गडरिया र निजको श्रीमती वर्ष २१ की अन्जली गडरिया रहेका छन् । अन्जली गडरियाको घाँटीमा पलाष्टिकको डोरी बटारिएको अवस्थामा घरभित्र कोलियामा र मम्मु भन्ने कृष्ण गडरियाको बाँया हातमा काटिएको अवस्थामा भान्सा कोठा भित्र मृत अवस्थाम फेला परेका थिए। घटनास्थलमा प्र.ना.उ. ऐन बहादुर मल्लको कमाण्डमा डग सहित १३ जनाको टोली खटिएको र तालुक जि.प्र.का. बाँकेबाट प्र.उ. श्याम कृष्ण अधिकारी कमाण्डमा १५ जनाको टोलि खटि गई घट्नाको थप अनुसन्धान भई रहेको छ ।  

२ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।
२०७९-०४-०७

रुकुम(पूर्व),  ७ श्रावण जिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका २ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।  मिति २०७९।०४।०७ गते अन्दाजी २०:०० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिई गई खोजतलास गर्दा (१ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा २ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा लिई थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०४-०६

कपिलवस्तुः ६, श्रावणमिति २०७९।०४।०६ गते २०:०० बजे जिल्ला कपिलबस्तु कपिलबस्तु न.पा. ४ कोदौहा चोक स्थित तौलिहवाबाट कृष्णनगर तर्फ जादै गरेको रा ६ प ८२१३ नं.को मोटरसाईकल चेक जाँच गर्ने क्रममा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने जमालुद्दीन सिद्दीको छोरा बर्ष ३० को अब्दुल अलिम सिद्दीले चलाएको मो.सा सोही मो.सा. पछाडी सवारजिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने अस्गर अली मुसलमान मो.सा.को सिट भित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिक फेला परेको उक्त कालो प्लाष्टिक खोली हेर्दा नेपालमा प्रतिबन्धीत औषधी NITRAVET -10 लेखेको ४ वटा फायल फेला परेको प्रत्येक फायलमा १५/१५ वटाका दरले ६०(साठी) ट्याब्लेट रहेको र  सोही प्लाष्टिकमा दुई वटा सानो पार्दर्शी सेतो प्लाष्टिक रहेको सो प्लाष्टिकहरु मध्ये एउटा प्लाष्टिकमा २ वटा र अर्को प्लाष्टिकमा ४ वटा गरी जम्मा ६ वटा स-साना कागजका पुरिया रहेको उक्त पुरियालाई खोली हेर्दा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो फेला परेको उक्त ६ वटा पुरियालाई स्थानिय मान्यता प्राप्त डिजिटल यन्त्रमा एक मुष्ट तौल गर्दा कागज सहित ४९० मिलि ग्राम र कागज हटाई तौल गर्दा १२० मिलि ग्राम खैरो रंगको  धुलो रहेको उल्लेखित NITRAVET-10 लेखेको ट्याब्लेट ६०(साठी) र खैरो रंगको १२० मिलि ग्राम धुलो र रा ६ प ८२१३ नं.को मोटरसाईकल सहित २ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएका प्र.स.नि. श्यामसिह चौधरीको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट थप अनुसन्धान कार्य भई रहेको ।

७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।
२०७९-०४-०६

रुकुम(पूर्व),  ६ श्रावणजिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका ७ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।  मिति २०७९।०४।०५ गते अन्दाजी २१:३० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई गई खोजतलास गर्दा (६ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा ७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कार्यालयमा लिई थप अनुसन्धान भई रहेको छ ।

दाङः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०४-०६

 मिति २०७९।०४।०५ गते अं.१९:०० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.वडा नं. ६ शिव शिखर कोलोनी टोल स्थित लागु औषध (ब्राउन सुगर) बिक्रि बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङबाट प्र.नि.बखत बहादुर शाहीको कमाण्डमा टोली खटी गई  निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई चेक जाँच गर्दा  ला.औ. ब्राउन सुगर सहीत फेला पारी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङमा थप अनुसन्धान कार्य भई रहेको ।             निम्न व्यक्तिहरु १)      जि.दाङ तुलसीपुर उ.म.न.पा ६ ज्ञान ज्योती टोल बस्ने बर्ष २१ अर्जुन नेपली को साथबाट १ पुडिया । २)      ऐ.ऐ. ६ सुकौरा रोड बस्ने बस्ने बर्ष २५ को सागर गन्धर्बको साथबाट ६ पुडिया । ३)      ऐ.ऐ. ५ बसपार्क बस्ने बर्ष २३ को सन्तोष बि.क को साथबाट २ पुडिया । ४)      ऐ.ऐ. बस्ने बर्ष २५ को निर्मल घर्तीको साथबाट १ पुडिया  । जम्मा १० पुडिया  प्लास्टिक सहीत तौल  गर्दा ७३०  मिली ग्राम , प्लास्टिक हटाई तौल गर्दा ४९०मिली ग्राम ,नगद रु २३,००० ।

बर्दियाः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०४-०३

मिति २०७९।०४।०२ गते अं.१७०० बजेको समयमा जि. बर्दिया बढैयाताल गा.पा. २ फुटाहा स्थित नेपाल-भारत आउने जाने बाटो नजिक ला.औ. ब्राउन सुगरको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जमुनि, बर्दियाबाट प्र.ब.ना.नि. नर बहादुर वि.क. को कमाण्डमा प्रहरी टोलि उक्त स्थानमा खटि गई सोधपुछ गर्दा बासगढि न.पा. ३ बस्ने अं. बर्ष २६ को उमेश खत्रि, ऐ.ऐ. बस्ने अं. बर्ष २४ को कृष्ण प्रसाद थारु र ऐ.ऐ. बस्ने बर्ष अं. २९ को सुनिल थारु समेत गरी ३ जनालाई फेला पारी शङ्का लागी खान तलासि गर्दा निजहरु मध्ये उमेश खत्रिको दाहिने हातमा कालो पलाष्टिकको एक पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लाष्टिक सहित नाप तौल गर्दा ३ ग्राम ५३० मिलि ग्राम र शुद्ध ३ ग्राम ३९० मिलि ग्राम तौल रहेको ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निज उमेश खत्रि को हाफ पाईन्टको पछाडिको खल्तिमा रहेको रु. १०००।- दरका नोट थान १० गरि जम्मा रु. १०,०००।- (अक्षररुपि दश हजार मात्र)  र सुनिल थारुको साथ बाट रु. १२०।- (अक्षररुपि एक सय बिस मात्र) गरि जम्मा रु. १०,१२०।-(अक्षररुपि दश हजार एक सय बिस मात्र) समेत बरामद गरि उक्त सामान र ३ जना मानिसहरुको ई.प्र.का. मैनापोखर, बर्दियामा थप अनुसन्धान कार्य भई रहेको ।

नवलपरासी (पश्चिम):- लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा ।
२०७९-०३-२९

जिल्ला नवलपरासी सरावल  गा.पा.- ६ बड्सारे स्थित प्र.नि. मेघनाथ चापागाँई सहितको टोलीले पारसनाथ गुप्ताको घरमा मिति २०७९।०३।२८ गते अं १५:०० बजे निम्न प्रकारको लागुऔषध प्याकिङ गर्ने क्रममा निम्न मानिस सहित लागु औषध, थान ४ मोबाईल र १ थान पावर बैङ्क सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेशपुर नवलपरासी पश्चिममा थप अनुसान्धान कार्य भई रहेको । निम्न लागु औषधः-      १) नुरफिन १०० पिस ।      २) डाईजेपाम ८ पिस ।      ३) फेनरागन १९७ पिस       ४) जम्मा ३०५ पिस ।       ५)  नुरफिनको स्टिकर ९१५ थान ।           निम्न मानिसहरुः- १) ऐ.ऐ.बस्ने बर्ष १७ को प्रलाद कहाँर । २) ऐ.ऐ. बस्ने बर्ष १८ को राजन गुप्ता । ३) ऐ.ऐ. बस्ने बर्ष १५ को कृष्ण मोहन शहानी ।

बाँके:- लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०३-२७

जिल्ला बाँके कोहलपुर न.पा १ कौशिलानगर बस्ने वर्ष अं. २६ को  जिबन लामिछानेले जि. बाँके बैजानाथ गा. पा. ४ नौलापुर स्थित रहेको आफ्नो ससुराली छलि कुमारी पुन मगरको घरमा लागु औषध ब्राउनसुरको कारोबार गरिरहेको भन्ने सुचना को आधारमा  मिति २०७९।०३।२६ गते अं. २१;०० बजे प्र.स.नि. दिपेन्द्र मल्लसहितको टोली खटि गएकोमा निज जिवन लामिछानेले आफु बसेको कोठामा लुकाई राखेको २३ वटा प्लाष्टिक सहितको पुडियामा रहेको लागु औषधी ब्राउन सुगर जस्तो देखिने  धुलो पदार्थ फेलापारी पलाष्टिक सहित तौल गर्दा २ ग्राम ८० मिलि ग्राम, पलाष्टिक हटाई शुद्द तौल गर्दा १ ग्राम ९५० मिलिग्राम भएको उक्त ला.औ. बरामद गरी निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कोहलपुरमा थप अनुसन्धान भई रहेको ।  

बाँके:- कुटपिटबाट १ जना मानिसको मृत्यु ।
२०७९-०३-१३

मिति २०७९।०३।१३ गते बिहान अं. ०२:०० बजेको समयमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ४ एल.बी.चोक स्थितमा जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ०६ बस्ने वर्ष अं. ३० को मिलन भन्ने दिक्षित खड्कालाई जिल्ला बाँके बैजनाथ गाउँपालिका वडा नं. ३ बस्ने सुन्दर शाही, ऐ.ऐ. बस्ने पुर्ण बुढामगर, ऐ.ऐ.बस्ने खगेन्द्र थापा मगर र ऐ.ऐ. वडा नं. ४ बस्ने गोविन्द बि.क. समेत संलग्न व्यक्तिहरुले अत्याधिक मादकपदार्थ सेवन गरि चिसापानीबाट कोहलपुर तर्फ पैदल आउदै गरेका दिक्षित खड्कालाई टाउको तथा शरिरका विभिन्न भागमा अन्धाधुन्द बाँसका भाटा प्रहार गरि सख्त घाईते बनाएको, निज घाईतेलाई तत्काल उद्दार गरी कोहलपुर मेडिकल कलेज दश विगाहमा लिई थप उपचारको लागी बिर अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको । तत्काल ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका कार्यालय प्रमुख प्र.ना.उ.ऐन बहादुर मल्ल समेतको अनुसन्धान टोली खटि गई संलग्न मानिसहरुलाई नियन्त्रणमा लिईएको र निज संलग्न मानिसहरुसंग रगत लागेका लाठीको टुक्राहरु र रगत लागेका कपडाहरु समेत बरामद गरि थप अनुसन्धान कार्य भई रहेको ।  

दाङ:- सवारी दुर्घटना
२०७९-०३-१३

मिति २०७९।०३।०६ गते अं. १५:५० बजेको समयमा जि.दाङ राप्ती गा.पा.४ मौरीघाट स्थित पुर्व बाट पश्चिम तर्फ जादै गरेको UK 03 A 9433 नं.को भारतिय कारले बिपरित दिशाबाट आउदै गरेको भे १० प २५२३ नं.को मो.सा.लाई ठक्कर दिदाँ मो.सा.चालक जि.बाँके चिसापानी १ बस्ने बर्ष २६ को सुरेश पुनमगर घाईते भई बिष्ट पोलिक्लिनिक सिसहनिया दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मिति २०७९।०३।१३ गते बिहान ०८:३० बजे मृत्यु भएको,मो.सा. ई.प्र.का.भालुवाङको नियन्त्रणमा,कार र कार चालक व.प्र.का.लमही दाङको नियन्त्रणमा र थप अनुसन्धान कार्य भई रहेको ।

बाँके:-लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०३-०७

जिल्ला बाँके नेपालगंज उ.म.न.पा. १५ जमुनाह स्थित चेकप्वाईन्टमा भारत बाट नेपाल तर्फ आउँदै गरेको जिल्ला बाँके कोहलपुर न.पा.१ बस्ने वर्ष ३० को प्रकाश रोकाय र जिल्ला मुगु छायाँनाथ रारा न.पा.३ बस्ने वर्ष ३० को श्री बहादुर खड्कालाई ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले अन्दाजी १८:३० बजेको समयमा शंका लागी चेकजाँच गर्ने क्रममा प्रकाश रोकायको साथबाट २ ग्राम लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुबै जना लाई पक्राउ गरी थप आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी अनुसन्धान भईरहेको ।

दाङ,:-लागू औषध सहित मानिस प्रहरीको नियन्त्रणमा .
२०७९-०३-०३

असार ०३,जिल्ला दाङ राप्‍ती गाउँपालिका १ स्थित भालुबाङ बस्ने रतन थापाको छोरा वर्ष २८ को विशाल थापा मगरको आफ्नै कोठामा ऐ. २ बस्ने भोजेन्द्र सिंहको छोरा वर्ष २३ को उज्वल सिंह सहित २ जना बसिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङ, दाङबाट अन्दाजी १९:०० बजेको समयमा प्रहरी टोली खटिई गई खानतलासी गर्दा सुत्ने ओछ्यानको सिरानी मुनि लुकाई छिपाई राखेको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ ६१० मिली ग्राम र नगद रू, १२,०००।- (बाह्र हजार ) सहित दुबै जना लाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङ दाङमा राखी थप आवश्यक अनुसन्धान भइरहेको । 

बाँकेः- लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०३-०३

असार ०३, जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१५ जमुनाह स्थित अन्दाजी २१:०० बजे चेकप्वाईन्टमा भारत बाट नेपाल तर्फ आउँदै गरेको जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा.६ बस्ने बर्ष १७ कि ममता क्षेत्री र ऐ.ऐ. बस्ने बर्ष २१ कि चाहाना मगरलाई ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट र लागु औषध नियन्त्रण ब्युरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले शंका लागी चेकजाँच गर्ने क्रममा ममता क्षेत्रीको साथबाट १ ग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरी दुवै जनालाई थप आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी अनुसन्धान कार्य भईरहेको 

रुपन्देहीको विभिन्न स्थानमा आगालागी हुँदा ३५ लाख बराबरकी धनमाल जलेर नष्ट भएको छ।
२०७९-०२-०३

            रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राम प्लटलाईनस्थित मदन भुसालको एमबि ट्रेड्सको अगरबत्ताको धुलो रहेको गोदाममा सोमबार राति आगलागी हुँदा करिब १ सय ५० बोरा अगरबत्तीको धुलो जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको  छ ।             यसैगरी रुपन्देही, बुटवल उपमहानगरपालिका-६ ज्योतीनगरस्थित गुप्त बहादुर खत्रीको खत्री प्रकाशन सामग्री छापाखानामा विद्युत सर्ट भई गएराति आगलागी हुँदा छापाखानामा रहेका सामानहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

लागूऔषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०७९-०२-०३

दाङ, ३ जेठ             तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।             रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका-६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग ख़रीद गरी ल्याएको खुलेपश्चात बाल्मिकीको  कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थान सहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप असुन्धान गरिरहेको छ ।

लागूऔषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा
२०७८-१२-३०

बाँके, २०७८ साल चैत्र ३० जिल्लाको कोहलपुर नगरपालिका वडा नं.१२ बाट ८० ग्राम लागूऔषध खैरो हिरोइन सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि घर भएका ३० वर्षिय मुन्ना भन्ने जगत के.सी. रहेका छन् । मिति २०७८।१२।२९ गते अं.१६:०० बजेको समयमा जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. १२  रोहिनी खोला स्थित राजमार्ग सडक खण्डमा अवैध लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) को कारोवार हुँदै छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटीगई चेकजाँच गर्ने क्रममा मुन्ना भन्ने जगत के.सी.लाई  खान तलासी गर्दा निजले दायाँ हातमा समाती राखेको रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको ८० ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ र निजले प्रयोग गरेको भे.१२ प.२९०नं. को  स्कुटर बरामद गरिएको छ । निज मुन्ना भन्ने जगत के.सी.लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न ।
२०७८-१२-२२

नवलपरासी (पश्चिम), नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सवै प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उहाँले स्वअनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन समेत दिनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए । समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

लागूऔषध चरेस सहित मानिस नियन्त्रणमा
२०७८-१२-०६

बाँके, चैत ०६ गते, मिति २०७८।१२।०६ गते १२ः४५ बजेको समया जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. २ पुष्पलाल चोक स्थित रहेको स्याङ्जा गेष्टहाउसको कोठा नं. ७ मा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोसाकको टोलिले चेकजाँच गर्ने क्रममा खाटको सिरानी पछाडी प्लाष्टिकको थैलोमा लुकाई छिपाई राखेको अबस्थामा ३ के.जी. लागूऔषध चरेस सहित जिल्ला कालिकोट खाडा चक्र नगरपालिका वडा नं. ९ बस्ने वर्ष २५ को प्रबिण बिष्‍ट र ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष २३ को राज बहादुर कार्कीलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा
२०७८-१२-०६

बाँके, २०७८ चैत ०६ गते, मिति २०७८।१२।०६ गते १२ः०० बजेको  समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १२ कोरियनपुर स्थित रहेको होटेल अन्जना एण्ड लजमा लोप उन्मुख बन्यजन्तुको कारोबार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोसाकको टोलिले उक्त होटलको कोठा नं. १०५ मा चेकजाँच गर्दा खाटमा प्लाष्टिकको थैलोमा लुकाई राखेको अबस्थामा  रेड पाण्डाको छाला २ थान सहित जिल्ला डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३६ को हर्क बहादुर बि.क., ऐ.ऐ. बस्ने वर्ष २३ को बिकेश बोहरा, ऐ.ऐ. ११ बस्ने वर्ष २२ को रामकृष्ण शाही र ऐ. ठुली भेरी नगरपालिका वडा नं. १ बस्ने वर्ष २५ को सुखराम बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य  भईरहेको ।

लागूऔषध र पेस्तोल सहीत मानिस नियन्त्रणमा:
२०७८-११-२३

बाँके, खजुरा गाँउपालिका वडा नं. १ बहादुरपुर बस्ने वर्ष २५ को  गल्क्षी भन्ने  रबिन्द्र थापाको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र अटोमेटिक पेस्तोल बरामद भएको छ । लागूऔषध कारोवार भइरहेको छ भन्ने विषेश सूचनाको आधारमा मिति २०७८।११।२२ गते अन्दाजी १९:२५ बजे प्रहरी टोलीले गल्क्षी भन्ने रबिन्द्र थापाको घर खानतलासी गर्ने क्रममा निजको साथबाट ९० (नब्बे) ग्राम लागूऔषध ब्राउनसुगर र निज सुत्ने कोठाबाट कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल थान-१ फेला परेको छ । साथै, निजसंग कारोबार गर्ने जिल्ला बाँके खजुरा गाँउपालिका वडा नं. २ बस्ने बर्ष २७ को मनिस थापा, र नेपालगंज उपमहानगरपालिका वडा नं. १३ भृकुटीनगर बस्ने वर्ष २८ को सुरेश रोका मगर सहित तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

हतियार सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०७८-११-१८

बाँके, डुडुवा गाउपालिका वडा नं. ४ राप्‍ती पुल स्थितबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के.सी., ऐ.ऐ. १२ कोरियनपुर बस्ने वर्ष अंदाजी २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन् । मिति २०७८।११।१७ गते  २१:०० बजेको समयमा राप्ती पुल स्थित गोली पड्किएको जस्तो आवाज सुनि ईलाका प्रहरी कार्यालय बनकट्टी 'क' बाँकेबाट प्रहरी टोली खटिई गई नेपालगंज देखि राप्ती नदी तर्फ जाँदै गरेको चालक सुसान्त के.सी.ले चलाएको बाग्मति प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको made in USA लेखेको अटोमेटिक पेस्तोल थान-१(एक), ऐ. को गोली ९ राउण्ड, खुडा थान-१, (एक), नोक थान-२(दुई) बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

मोटरसाइकल दुर्घटनाबाट मृत्यु:
२०७८-११-१६

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ ओमशान्तिहल नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।   मिति २०७८।११।१५ गते राती ९:०० बजे तुलसीपुर देखी उत्तरतर्फ जाँदै गरेको रा ५ प ४४९३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोकिन जाँदा मोटरसाईकल चालक तुल्सिपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखौवा बस्ने बर्ष ३० को मोहन सुनारको ढाडमा चोट लागी घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाईएकोमा राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरले मेडिकल कलेज कोहलपुर  नेपालगंज रिफर गरेकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर नेपालगंजमा लैजादै गर्दा बाटोमा नै विहान ३;३० बजे मृत्यु भएको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु ३ जना घाईते:
२०७८-११-१६

दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको बा ३ ख ८६४३ नं. को हाईस र बिपरीत दिशाबाट आँउदै गरेको नम्बर नखुलेको  मोटरसाइकल एक आपसमा ठोकिई दुर्घटना हुँदा १ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।  मिति २०७८/११/१५ गते अन्दाजी २१:१० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकलको पेट्रोल ट्याङ्की अचानक पट्किदा मोटरसाइकलमा आगालागी भई पूर्णरुपमा क्षेती भएको छ भने हाइसमा समेत आगालगी भएको छ । मोटरसाईकलमा सवार जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मनिकापुर बस्ने बर्ष २१ को रेशम चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ भने मोटरसाइकल चालक जिल्ला दाङ, तुल्सिपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने बर्ष २३ को रमेश वली, हाईस चालक जि.दाङ तुलसीपुर उ.म.न.पा.-७ पर्सेनि बस्ने बर्ष २६ को करण परियार र हाईसमा सवार सोही घर भएका बर्ष २४ को कमल परियार घाइते भएका छन् । घाइतेहरुको हाल उपचार भई रहेको छ ।   

चितुवाको छाला सहित ३ जना नियन्त्रणमा:
२०७८-११-१६

बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ गायत्री टोलबाट दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना मानिसहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके, बैजनाथ गाँउपालिका वडा नं. ५ बस्ने बर्ष २८ को याम बहादुर बिश्वकर्मा, जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को आकाश परियार र मधुवन नगरपालिका वडा नं. ९ बस्ने बस्ने बर्ष ५४ को लाल बहादुर बि.क. रहेका छन् । मिति २०७८।११।१५ गते अन्दाजी १५:४० बजेको गायत्री टोलको भित्री सडक बाटोमा  दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा खटिई गएको प्रहरी टोलीले पैदल हिंडिरहेका याम बहादुर बिश्वकर्मा, आकाश परियार र लाल बहादुर बि.क.लाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकी ल्याएको सेतो पलास्टिक कट्टाबाट चितुवाको छाला थान-१ (एक) बरामद गरिएको छ । बरामद गरिएको चितुवाको छाला र निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ  ।

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा
२०७८-११-१४

दाङ, २०७८ फागुन १४ गते, मिति २०७८/११/१३ गते अं.०७:०० बजेको समयमा जिल्ला दाङ, राप्ती गाउपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित भिजन होटलमा अवैध वन्य जन्तु ओखेटो पहार रेड पाण्डाको छाला कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र ईलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको संम्युक्त टोलीले रेड पाण्डाको छाला जस्तो देखिने छाला थान- ५ सहित जिल्ला रोल्पा सुनिल स्मृती गाउपालिका वडा नं. ३ बस्ने वर्ष ४२ को राम बहादुर थापा, ऐ. लुङ्ग्री गाउपालिका वडा नं. ३ वस्ने वर्ष २० को रुपक खड्का र ऐ. सुनछहरी गाउपालिका वडा नं. ७ वस्ने वर्ष १९ को राम कुमार पुन मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सवारी दुर्घटनाबाट घाइते:
२०७८-११-१२

दाङ २०७८ फागुन १२, लमही नगरपालिका वडा नं. ६ बेलदमारमा आज विहान अन्दाजी ९:३५ बजेको समयमा काठमाण्डौबाट घोराहीतर्फ आउदै गरेको ना ६ ख ४१४९ नं. को बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नं. को उईङगर एक-आपसमा ठोकिदा निम्न लिखित ६ जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुको लमहि अस्पतालमा उपचार भई रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    निम्न घाईतेहरु:- १.जिल्ला रोल्पा, रोल्पा नगरपालिका वडा नं. १ बस्ने बर्ष २२ की मुना कुँवर । २. जिल्ला रोल्पा, गंगादेव गाँउपालिका वडा नं. २ बस्ने बर्ष ३० की भगुमती डाँगी । ३.जिल्ला सल्यान त्रिवेणी गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ५३ को मोतिलाल वली । ४.उईङ्गर चालक जिल्ला दाङ, दंगिशरण गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४१ को राजन के.सी. । ५.जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. वडा नं. ६ बस्ने बर्ष २६ सुमित वली । ६.जिल्ला रोल्पा सुनिलस्मृती गाँउपालिका वडा नं. १ बस्ने बर्ष ३४ की सिमा खत्री  ।

बाघको आक्रमणबाट मानिसको मृत्यु:
२०७८-११-११

बर्दिया, ठाकुरबाब नगरपालिका वडा नं. ४ मा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ४ सैनवार बस्ने दिल बहादुर थारुको श्रीमती वर्ष ४१ कि लिली चौधरी रहेकी छिन् । मिति २०७९८।११।१०  गते अन्दाजी २०:३० बजेको समयमा आफ्नै घरबाट ६० मिटर पूर्व बर्दिया राष्ट्रिय निकुञ्जको मध्यबर्दि क्षेत्र नजिकै दिसा पिसाब गर्न गएको अबस्थामा एक्कासी बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते भएकी चौधरीलाई उपचारका लागि भुरिगाँउ असिम अस्पताल प्रा.लि.मा लगिएकोमा सोही दिन २१:०० बजे उपचारको क्रममा मृत्यु भएको छ ।  

दाङमा आगलागी हुँदा ५ जनाको मृत्यु:
२०७८-१०-२८

दाङ, तुलसीपुर उ.म.न.पा.वडा नं. ५ तुलसी बोडिङ चोक नजिक घरमा आगालागी हुँदा ५ जना व्यक्तिहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला दाङ, तुलसीपुर उ.म.न.पा. ५ बस्ने अन्दाजी बर्ष १३। १४ की सिजता खातुन, अन्दाजी बर्ष १४।१५ को हर्सन बकस, अन्दाजी बर्ष १५।१६ को मसिम बकस,अन्दाजी बर्ष ४०।४२ को नजरदिन अली, अन्दाजी बर्ष ५।६ को आदिददिन अली रहेका छन् ।                     मिति २०७८।१०।२८  गते राती अन्दाजी ०२:०० बजे बक्स बहादुर के.सी.को घरमा हुसेन बक्सले संचालन गरेको ईरम फुटवयर (जुत्ता चप्पल पसल) मा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो ।  आगो नेपाल प्रहरी, नेपाल आर्मी ,सशस्त्र प्रहरी, दमकल र स्थानिय बासीको सहयोगमा बिहान ०७:१० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगालागीबाट घर तथा पसलमा क्षती भएता पनि क्षतीको एकिन विवरण आउन बाँकी छ ।  

शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गर्ने व्यक्ती पक्राउ
२०७८-१०-२६

बर्दीया, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बगलामुखी विद्यालयको परिसरबाट  शैक्षिक सुधारको नाममा अफवाह फैलाई विद्युतीय तथा स्टेशनरी सामग्रीहरु बिक्री गरी ठगी गरिरहेका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्री रहेका छन् । क्षेत्रीले जिल्लाका विभिन्न स्थानहरुमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर प्रयोग गरी साईवर एण्ड लाईब्रेरी नाम गरेको प्रोजेक्टको नामबाट प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थाहरुलाई सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै प्रलोभन देखाई न्यून गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु उच्च मुल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले मिति २०७८।१०। २४  गते बगलामुखी विद्यालयबाट नगद १ लाख ९२ हजार रुपैयाँ, विभिन्न बैकका चेक ३ थान, साईवर एण्ड लाईब्रेरीको नाममा रहेको बिल ठेली ४ थान, र  Lotte Choco Pie र सुर्य चुरोटको कार्टुन भित्र प्याकेजिङ गरिएका  प्रिन्टर १९ थान, मोनिटर १९ थान, सि.पि.यु. १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राईभ १७ थान, क्याल्कुलेटर १७ थान, राईटिङ बोर्ड २० थान, सिसिटिभि क्यामेरा १८ थान, किबोर्ड १९  थान, नेपाली बृहत शब्दकोष किताब ७ थान, अक्सफोर्ड लगायतका विभिन्न पुस्तक ३० थान, क्यालेन्डर २९ थान सामग्रीहरु सहित निजलाई नियन्त्रणमा लिएको थियो ।  निजले Email, Whats app, Text message को प्रयोग गरी विशिष्ट व्यक्तिहरुको नाम उल्लेख गरी शैक्षिक संस्थाहरुलाई  सहुलियतमा विद्युतीय तथा स्टेशनरी सामग्रीहरु वितरण हुँदैछ भन्दै Message पठाई प्रलोभनमा पारी कम गुणस्तरीय सामग्रीहरु उच्च मुल्यमा विक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको थप अनुसन्धान भई रहेको छ  ।      

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु ।
२०७८-१०-२३

प्युठान, गौमुखी गाँउपालिका वडा नं.  ६ ओखरपाटामा ग.१.ज. ५०९२ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा ८ जना व्यक्तिहरुको मृत्यु भएको छ । मिति २०७८।१०।२२ गते लुङबाट विवाहको दुलाही लिएर फर्कदै गरेको जिप  गौमुखी गाँउपालिका वडा नं.  ६ ओखरपाटामा रोड देखि अन्दाजी १००। १५० मिटर तल खसी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको र बाँकी ७ जना घाइते भएकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा  जिल्ला प्यूठान, गौमुखी गा.पा. ६  लिवाङ बस्ने  बर्ष  ३९ को बसन्त खड्का, निजको छोरी बर्ष ११ की एलिसा खड्का, अन्दाजी बर्ष ३९/४० की बसन्ती खड्का, बर्ष २९ की केसरी खड्का,  अन्दाजी बर्ष ५०/५२ को बल बहादुर बुढामगर,  बर्ष ३२ को खिम बहादुर खत्री, बर्ष ५२ की नन्दी खड्का र  जिल्ला प्यूठान नौबहिनी गा.पा. ६ लुङ बस्ने बर्ष १८ कि बिपना जि.सी. रहेका छन् ।  अन्य घइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

लागूऔषध हिरोईन सहित मानिस पक्राउः-
२०७८-१०-२०

दाङ, घोराही उ.म.न.पा. वडा नं. १७ गुलरीयाबाट लागूऔषध खैरो हिरोइन सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा  जिल्ला दाङ, घोराही उ.म.न.पा. वड नं. १२ हापुर बस्ने वर्ष २६ को दिपेन्द्र खड्का रहेका छन् । मिति २०७८।१० गते १४:४५ बजेको समयमा घोराही उ.म.न.पा. वडा नं. १७ गुलरीयामा लागूऔषध ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी टोली खटि गई उक्त स्थानमा बाटो छेउको कलवटमा संकास्पद रूपमा उभिएका दिपेन्द्र खड्कालाई चेकजाँच गर्दा निजको साथबाट shikhar ice लेखेको चुरोटको डिब्बा भित्र लागूऔषध खैरो होरोईनको सानो सानो ३४ पुडिया (क्वाटर) (१ ग्राम ३८० मिलि ग्राम) बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।

जुवा खेलिरहेको अवस्थामा मानिसहरु पक्राउ:
२०७८-१०-२०

दाङ, शान्तिनगर गाँउपालिका वडा नं. ५ बैशाबाट जुवा खेल्दै गरेका ८ जना व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा जिल्ला दाङ शान्तिनगर गा.पा. ७ बस्ने बर्ष ३२ को बिर ब. रावत, बर्ष ४५ उत्तम डाँगी,  बर्ष ४० को प्रमोद खड्का, तुलसीपुर उ.म.न.पा. ९ बस्ने बर्ष ३० को राज कुमार बोहरा, बर्ष ५८ को धुर्व शाह, बबई गाँउपालिका वडा नं.  ४ बस्ने बर्ष ४० को बलिराम खत्री, शान्तिनगर गाँउपालिका वडा नं.  ५ बैशा बस्ने बर्ष ३२ को निराजन मल्ल र  देश भारत बस्ने बर्ष ३५ को हजरत अली रहेका छन् । मिति २०७८।१९।१९ गते २२:१० बजे  निराजन मल्लको घरमा अवैध रुपमा जुवा खेलिरहेको अबस्थामा निजहरुलाई १ गड्डी खोलेको तास र नगद रु. २,८२,३०५ (दुई लाख बयासी हजार तिन सय पाँच) सहित नियन्त्रणमा लिइएको हो । हाल घटनाको थप अनुसन्धान भई रहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-०३

बाँके, ३ मिति २०७८।१०।०३ गते कोहलपुर नगरपालिका-११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका-३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ वर्षीय सुरज थारु, २७ वर्षीय ध्रुव कुमार थारु र ३६ वर्षीय सुन्दर राम थारु रहेका छन् । बिरेन्द्र थारुको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित ४ जना मानिस पक्राउ ।
२०७८-०९-३०

लागूऔषध सहित ४ जना मानिस पक्राउ मिति २०७८।०९।२८ र २९ गते यस कार्यालय मातहत बिभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा  १२.३ ग्राम लागु औषध (ब्राउन सुगर) सहित भारतबाट नेपाल तर्फ आउँदै गरेका निम्न मानिसहरुलाई पक्राउ गरी लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भईरहेको । घटना नं.-१ पक्राउ मिति:-२०७८।०९।२८ गते । पक्राउ परेको स्थान:- जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०२ पक्राउ पर्ने मानिसहरु:- जिल्ला बाँके खजुरा गाँउपालिका -०२ बस्ने बर्ष ३३ को दिवश भण्डारी र ऐ.ऐ.-०५ बस्ने बर्ष २१ को बिशाल परियार बरामद लागु औषधको परिमाण:- १ ग्राम ४०० मिलिग्राम बरामद अन्य सामान :- मोबाईल थान -२ घटना नं.-२ पक्राउ मिति:-२०७८।०९।२९ गते । पक्राउ परेको स्थान:- जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०७ पक्राउ पर्ने मानिसहरु:- जिल्ला दैलेख गुँरास गाउँपालिका-०३ बस्ने बर्ष ३० को तुलाराम शर्मा बरामद लागु औषधको परिमाण:- ७ ग्राम ४४० मिलीग्राम बरामद अन्य सामान :- मोटरसाईकल थान-१, मोबाईल थान-१ घटना नं.-३ पक्राउ मिति:-२०७८।०९।२९ गते । पक्राउ परेको स्थान:- जिल्ला बर्दिया बढैयाताल गाउँपालिका-०८ पक्राउ पर्ने मानिसहरु:- जिल्ला बर्दिया गुलरिया नगर पालिका वडा  नं.०४ बस्ने बर्ष २० को बिपन सुनार बरामद लागु औषधको परिमाण:- ३ ग्राम ४६० मिलीग्राम बरामद अन्य सामान :- मोटरसाईकल थान-१, मोबाईल थान-१

लागूऔषध सेवन प्रयोग हुने विभिन्न सामान र श्रोत नखुलेको रु. ३५,८५,२१४ ।- रुपैयाँ सहित मानिस नियन्त्रणमा ।
२०७८-०९-२५

कपिलवस्तु पौष २३,  कपिलबस्तु नगरपालिका वडा नं. ०९ हर्नामपुर घर भएका चेतन खटिक भन्ने राम बहादुर खटिकको घरबाट लागूऔषध सेवनमा प्रयोग हुने विभिन्न सामाग्रीहरु सहित श्रोत नखुलेको रु. ३५,८५,२१४।- रुपैयाँ बरामद भएको छ । मिति २०७८।०९।२३ गते अन्दाजी राति २४:०० बजेको समयमा चेतन खटिक भन्ने राम बहादुर खटिकको घरमा लागूऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्र.नि. दिनेश गुरुङको कमाण्डमा प्रहरी टोली खटी गई निजको घर रितपुर्बक खान तलासी गर्ने क्रममा निज सुत्ने कोठामा रहेको बाक्सामा स्रोत नखुलेको नेपाली रु. २,४३,३८५ ।- (अक्षरुपी दुई लाख त्रिचालिस हजार तीन सय पचासी रुपैयाँ) र भारतिय रु. २,६३० ।- (अक्षरुपी दुई हजार छ तीस रुपैयाँ) र सोही कोठामा रहेको स्टिलको दराजमा श्रोत नखुलेको नेपाली रु. ३०,४२,८०५ ।- (अक्षरुपी तिस लाख बयालिस हजार आठ सय पाँच रुपैयाँ) र भारतिय रु. १,८२,४१० ।- (अक्षरुपी एकलाख बयासी हजार चार सय दश रुपैयाँ) रकम एक मुष्ठ जोड गर्दा नेपाली रु. ३५,८५,२१४ ।- (अक्षरुपी पैतिस लाख पचासी हजार दुई सय चौध रुपैयाँ) , उक्त दराज तथा बाक्सामा बिभिन्न कम्पनीका १६ थान मोबाईल, लागूऔषध सेवन गर्न प्रयोग हुने स्टिल पेपर रोल थान १, बिभिन्न कलरको लाईटर थान १०, लागूऔषध सेवन गर्न प्रयोग भएको स्टिल पेपर थान ४, स्टिलको थाल थान १, चक्कु थान १, लागूऔषध सेवन गर्न प्रयोग भएको कागजको रोल थान २, ब्लेडको आधा टुक्रा थान १ र लागूऔषध सेवन गर्न प्रयोग भएको भारतिय १ रुपैयाँको सिक्का समेत वरामद गरी, निज चेतन खटिक भन्ने राम बहादुर खटिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०७८-०८-२८

दाङ,२८  मिति २०७८।०८।२८ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले अबैध लागूऔषध ब्राउनसुगर सहित १० जनालाई  साँझ पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये तुलसीपुर उपमहानगरपालिका-१ भम्के बस्ने २२ वर्षीय बिनोद भण्डारी समेत ४ जना सोही उपमहानगरपालिका-५ आलुमण्डीमा ५ सय ४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका-५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय  अमर गन्दर्भ समेत ४ जना २ सय १० मिलिग्राम र  तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत २ जना ९ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित फेला परेका हुन् ।         यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०८-२२

 बाँके मंसिर २२,नेपालगंजमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको लागूऔषध ब्राउन सुगर सहित मानिस पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर बस्ने बर्ष अं.३० को सेर जोलाहा हुन।  मिति २०७८।०८।२२ गते अन्दाजी १४;३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित यस चौकी र ला.औ.नि.ब्युरो नेपालगंज बाँकेबाट  खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा  जोलाहाको साथबाट भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ला.औ.ब्राउनसुगर  ५ ग्राम ५०० मिलीग्राम बरामद गरी मानिस सहित नियन्त्रणमा ल्याई आवस्यक कार्वाहीको लागी  जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।

१७ लाख बराबरको अबैध सामान पक्राउ
२०७८-०८-२२

रुपन्देही मंसिर २२, रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुरबाट १७ लाख बराबरको अबैध सामान र सवारी साधन बरामद गरिएको छ।  मिति २०७८।०८।२२ गते बिहान अं.०४:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा नं.४ बालापुर स्थितमा लु १ ज ४०१२ नं.को बलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा सो बलेरो जिप भित्र अबैध रुपमा भारत बाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको लेडिज सुट ३१९ पिस, बिभिन्न मेसिनरी उपकरणका पाटपुर्जा १६७ पिस, मेसीनरी नट १ बोरा, सुपर फास्ट ४४३ पिस, Doco Necol Thiner ३ थान गरी अन्दाजी रु. ८,००,०००। बराबरको सामान र बलेरो पिकअप जिपको अन्दाजी मुल्य रु. ९,००,०००।- सहित अन्दाजी मुल्य रु.१७,००,०००/-(सत्र लाख) बराबरको अबैध सामानहरु फेला पारी चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ।

गैडाको खाग सहित मानिस नियन्त्रणमा
२०७८-०८-२२

रुपन्देही मंसिर २२, जिल्लाको बुटवल उप-महानगरपालिका वडा नं. ५ मा रहेको हरियाली होटलबाट ४ जना मानिस सहित गैडाको खाग बरामद गरिएको छ । मिति २०७८।०८।२२ गते अन्दाजी १६:०० बजेको समयमा गैडाको खागको कारोवार गर्ने मानिसहरु रहेको भन्ने सुचनाको आधार  खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही वुटवल उप-महागनरपालिका नं.५ न्यूरोड स्थितमा रहेको हरियाली होटल एण्ड लजको चौथो तलाको ११८ नम्बर कोठामा शंकास्पद रुपमा बसेका जिल्ला अर्घाखाँची छत्रकोट गा.पा.वडा नं.७ सुर्यथुम बस्ने वर्ष ४८ को नर बहादुर सुनार,ऐ.ऐ. बस्ने वर्ष ५८ को पदम  सुनार र ऐ.ऐ. वडा नं.५ रानीचाप बस्ने वर्ष २८ को सुमन न्यौपानेलाई तलासी लिदा निजहरु मध्येका सुमन न्यौपानेले लगाएको ज्याकेटको वाया भित्री गोजिमा  कालो रङको ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैडाको खाग बदामद भएको हो । निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ।

१८ लाख बराबरको अबैध सामान पक्राउ
२०७८-०८-१९

रुपन्देही, बुटवल उपमहानगरपालिका-२ तिनाउपुलमा अवैध रुपमा ल्याउँदै गरेकोकरिब १८ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न कम्पनीका जुत्ताहरूसहित सैनामैनानगरपालिका-४ मुर्गिया बस्ने ३२ वर्षीय बिष्णु थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेकोछ । कपिलवस्तुबाट बुटवलतर्फ जाँदै गरेको लु.१ च ८२१३ नम्बरको बलेरोलाई जिल्ला प्रहरीकार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाडीमा अबैध रुपमा ल्याउँदैगरेको उक्त सामानसहित गाडीका चालक बिष्णुलाई प्रहरीले पक्राउ गरेको हो । बरामद भएकोसामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ ।
२०७८-०८-१४

बर्दिया मिति २०७८।०८।१४ गते जिल्ला प्रहरी कार्यालय बर्दिया तथा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.०७ कर्णालीपुर स्थित फुटाह - कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा बेलुका अं. ०५:१५ बजेको समयमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.०२ सीतापुर बस्ने वर्ष २२ को प्रदिप सुनार र ऐ.ऐ. वडा नं. ०७ बस्ने वर्ष २१ को विशाल सिंह ठकुरीलाई चेकजाँच तथा शरीर खानतलासी गर्दा ९६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारी उक्त लागू औषध सहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।                                                                                          

ब्राउन सुगर सहित भारतिय नागरिक पक्राउ ।
२०७८-०८-१४

बर्दिया २०७८।०८।१४ गते इलाका प्रहरी कार्यालय ढोढरी बर्दिया र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.. ५ स्थित देश भारत जिल्ला बहराइच तहसिल मिपुरुवा सुजौली थाना फकिरपुर बस्ने वर्ष २२ को रोहित कुमार गुप्तालाई शंका लागी रोकी चेकजाँच तथा खानतलासी गर्दा निजको शरीरको विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ७६० मिली ग्राम लागू औषध (ब्राउनसुगर) फेला पारि लागू औषध सहित नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको ।  

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन
२०७८-०८-०२

रुपन्देही, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनुहुँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यबिधि निर्माण गरी संरक्षण एवं सम्वर्दन गर्नुपर्ने उल्लेख गर्नुभयो ।सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’ महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनुपर्ने सद्‌भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिबद्ध हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा FCDO (Foreign, Commonwealth and Development Office), UK का प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । FCDO को सहयोगमा UNOPS अन्तर्गत Modernization and Improvement of Policing Project (MIPP) आयोजनाबाट कूल ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रुपैयाँ ८१ पैसा लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, लुम्बिनी प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संघीय प्रहरी ईकाई कार्यालय भैरहवा रुपन्देहीमा बिहीबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवल, दङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुखहरु तथा मातहत विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई समसामहिक बिषयमा निर्देशन समेत दिनुभयो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा हुने आपराधिक कृयाकलाप लगायत महिला तथा बालबालिका विरुद्ध हुने अपराधमा थप संवेदनशील भई जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । कानुन कार्यान्वयनको सिलसिलामा कुनैपनि सम्झौता गर्न नहुने बताउँदै उहाँले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन समेत बताउनुभयो । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-३०

कात्तिक, ३०मिति २०७८।०७।३० गते अ.२१:०० बजेको समयमा जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा न.-५ नेपालगंज रोड स्थित पूर्वाञ्चल होटल एण्ड लजमा लागु औषध ब्राउनसुगरको कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०१ मा चेकजांच गर्ने क्रममा जिल्ला नवलपरासी प्रतापपुर गाउपालिका वडा नं. ५ बस्ने बर्ष ३५ को मोहमद अफ्रोज मिया र जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका १ बस्ने बर्ष ४३ कि सम्झना हलुवाईको साथबाट २७ पुरिया (तौल २७ ग्राम ८०० मिलि ग्राम) लागु औषध ब्राउनसुगर जस्तो देखिने धुलो खैरो पदार्थ फेला परेको हुँदा निजहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको नियन्त्रणमा लिई थप अनुसन्धान  कार्य भईरहेको ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-२५

दाङ, कात्तिकमिति २०७८/०७/२५ गते अन्दाजी १५:३०  बजे जिल्ला दाङ राप्ती गाउँपालिका वडा नम्बर ०१ पाखापानी स्थित पूर्व पश्चिम राजमार्गमा, गोप्य सूचनाको आधारमा ऐ. ऐ. बस्ने वर्ष १७ को मनोज पौडेललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले आफूले लगाएको जुत्ता भित्र लुकाई छिपाई राखेको अवस्थामा रहेको लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ ३ पोका फेला परेको र निज मनोज पौडेललाई सोधपुछ गर्ने क्रममा ऐ.ऐ. स्थानमा रहेको मेरो घरको सुत्ने कोठामा ऐ.ऐ. २ बस्ने वर्ष २१ को उमेश गुरुङ रहेको र निजले दिएको हो भनी जानकारी गराएकोमा सोही घरको कोठा चेक जाँच गर्ने क्रममा उमेश गुरूङ्गको साथ बाट ४ पोका लागू औषध ब्राउन सूगर ) जस्तो देखिने खैरो पदार्थ फेला परेको, दुबै जना सँग फेला परेको उक्त लागू औषध तत्काल तौल गर्दा अं.१ ग्राम ९२ मिली ग्राम रहेको उक्त पदार्थ सहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भालुबाङ दाङमा राखी थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।

लागु औषध ब्राउन सुगर सहित मानिस नियन्त्रणमा ।
२०७८-०७-११

कपिलवस्तु,२०७८।०७।११ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला कपिलवस्तु मायादेवी गाउँपालिका वडा नम्बर ४  चाकरचौडा स्थित नेपाल भारत सिमाना गेट स्थितमा रहेको चेक प्वाइन्टमा गोप्य सूचनाको आधारमा सूचना प्राप्त हुनासाथ सिमा प्रहरी चौकी चाकरचौडाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ३ जनाको टोलि खटिगई जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ०८ धनेशपुर बस्ने वर्ष २६ को बिजय खत्रीको शरीर खानतलासी गर्दा निजले लगाएको Under Wear भित्र कालो प्लास्टिकको स-साना २२ वटा पोकामा लुकाइ छिपाई राखेको अवस्थामा सोहि पोकाहरु खोलि हेर्दा गिलो खैरो रङको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लास्टिक सहित १२४ ग्राम (डिजिटल तौल मापन यन्त्रद्धारा मापन गरिएको ।) र मानिस समेतलाइ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा राखी थप आवश्यक अनुसन्धान भईरहेको ।

खोलाले मानिस बगाएर ३ जना मानिस बेपत्ता
२०७८-०७-०३

प्युठान, ०३ कार्तिक,प्युठान जिल्लामा खोलाले बगाएर तीन जना मानिसहरु बेपत्ता भएका छन् । कार्तिक १ गते देखि परेको अबिरल वर्षाका कारण माण्डवी गाउँपालिका वडा नं. ४ अरङखोलामा आएको बाढीले मिति २०७८।०७।०३ गते अन्दाजी ९:४५ बजेतिर खोला तर्ने क्रममा तीन जना मानिसरहरु वेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जिल्ला प्युठान, माण्डवी गा.पा.-४ आँपचौर बस्ने टेक बहादुर कार्कीको श्रीमती बर्ष २८ की देवीसरा कार्की,    निजको छोरा बर्ष २ को दिनेश कार्की,  मधु अधिकारीको छोरी बर्ष ८ की अनुष्का अधिकारी रहेका छन् । निजहरुको खोजी कार्य जारी रहेको छ । 

लागु औषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-०१

रुपन्देही, कात्तिक, ०१ मिति २०७८।०७।०१ गते अं.१७:०० बजेको समयमा जिल्ला रुपन्देही  मर्चवार गा.पा.वडा नं. ०२ मुडिला स्थित  ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देही मातहत  प्र.चौ. गुलरिया रुपन्देहीबाट खटिएको गस्ती टोलोले लु. ७८ प. ५६८५ नं.को मोटरसाईकललाई शंका लागि चेक जाँच गर्ने क्रममा मोटरसाईकल सवार जिल्ला रुपन्देही मर्चवार गा.पा.५ बस्ने वर्ष अं.२१ को राहुल पाण्डेको साथबाट १०५ ट्याबलेट NITRAZEPAM (प्रतिबन्धित लागु औषध) फेला पारी निज मोटरसाईकल चालक जिल्ला रुपन्देही मर्चवारी गा.पा. ५ ओडवलिया बस्ने वर्ष अं. १८ को निरज यादव सहित मोटरसाईकललाई नियन्त्रणमा लिई  आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीमा राखि थप अनुसन्धान कार्य भईरहेको ।

४ किलो २१.४९ ग्राम सुन जस्तो बस्तु सहित मानिसहरु पक्राउ
२०७८-०६-१६

बाँके, २०७८ भाद्र १८जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. २० राँझा विमानस्थलबाट ४ किलो २१.४९ ग्राम सुन जस्तो देखिने पहेलो बस्तु बरामद भएको छ । काठमाण्डौबाट नेपालगंज आउने १४:०० बजेको श्री एयर लाईन्सको SHA433 नं. को विमानमा सवार जिल्ला झापा साविक खादुनावारी गा.वि.स. वडा नं. ६ बस्ते वर्ष २६ का अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ साविक लेटाङ गा.वि.स. वडा नं.२ बस्ने वर्ष २६ को बुद्दीमान खातीलाई चेकजाँच गर्ने क्रममा अमिर लगुन विश्वकर्माले लगाएको दाँया बाँया जुत्ताभित्र रहेको सुन जस्तो देखिने २/२ थान विस्कुट र वुद्दीमान खातीले लगाएको दाँया बाँया जुत्ताभित्र रहेको सुन जस्तो देखिन १/१ थान विस्कुट गरी जम्मा ६ थान विस्कुट र वुद्दीमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा सो झोला भित्र रहेको तिलहरी थान-१, बाला थान-१ गणेश लकेट थान-५ गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन जस्तो पहेलो बस्तु अन्दाजी मुल्य ३,१३,२७,०००। बराबरको फेला पारी बरामद गरी घटनाको थप अनुसन्धान भै रहेको छ ।

“६१ क्विन्टल ३० केजी केराउ, ट्याक्टर सहित मानिस नियन्त्रणमा ”
२०७८-०६-१६

बर्दिया, भाद्र २२बर्दिया, मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउबाट भे.१ त.९६५५ नं.को ट्याक्टर सहित ६१ क्विन्टल ३० किलोग्राम मटर प्रहरीले बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको प्रहरी टोलीले  मधुबन नगरपालिका वडा नं.७ बस्ने वर्ष २० को राम कुमार चौधरीले चलाएको भे.१ त.९६५५ नं.को ट्याक्टरमा लोड गरी चोरी निकासी गरी भारततर्फ लैजादै गरेको  ३९ क्विन्टल ३० किलोग्राम र चोरी निकासी गर्ने उद्देश्यले सोही स्थान नजिकै भण्डार गरी राखेका  २२ क्विन्टल गरी जम्मा मुल्य रू. ४,३०,५००/- बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ फेला पारी रितपुर्वक बरामद गरी ट्याक्टर सहित मानिसलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको छ ।  

लागु औषध (ब्राउन सुगर) सहित मानिस नियन्त्रणमा ।
२०७८-०६-१६

बाँके, २०७८ भदौ २२मिति २०७८।०५।२२ गते अं. १६;४५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप‍-महानगरपालिका वडा नं. १५ को चेक प्वाइन्ट स्थित  ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागु औषध ब्युरोको संयुक्त टोलिले जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १५ चन्नहवा बस्ने बर्ष २८ को रामदेव थारुलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले चप्पलमा लुकाई ल्याएको ४ ग्राम ५ मिलि ग्राम ब्राउन सुगर फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा राखी अन्य थप अनुसन्धान कार्य भईरहेको ।

मानिस र ट्रक सहित हरियो मटर बरामद
२०७८-०६-१६

नवलपरासी पश्चिम,भदौ २६२०७८।०५।२६ गते जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १२ हरकट्टा स्थित माँ वैष्णो ट्रेडर्समा ना ६ ख ५३०१ नम्बरको ट्रकबाट हरियो मटर (केराउ)  अनलोड गर्दै गरेको अवस्थामा शंका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा ल्याई राखेकोमा उक्त ट्रकमा रहेको हरियो मटर ८४० बोरा २१ टन अं.मुल्य रु. १८,९०,०००/- बराबरको र ना ६ ख ५२०१ नं.को ट्रक थान १ अं. मुल्य रु. १०,००,०००/- बराबरको गरी ( जम्मा अं. मुल्य रु. २८,९०,०००/- बराबरको) र चालक सहितलाई अन्य थप आवश्यक अनुसन्धान एवं कारवाहीको लागि २०७८/०५/२७ गते गते अं. ०९:४५ बजे राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाएको ।

कुखुराको चल्ला बरामद
२०७८-०६-१०

नवलपरासी (पश्चिम) १० असोज,नवलपरासी (पश्चिम्)मा अबैध रुपमा ढुवानी गरी रहेका १९९० गोटा बोइलर कुखुराको चल्ला बरामद भएको छ। मिति २०७८।०६।१० गते अं. १५:४५ बजे जिल्ला नवलपरासी बर्दघाट न.पा.- ४ टि.सि.एन.चोकमा ई.प्र.का. बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  ना ४ च ९३३९ नं. को पिकअप गाडीमा अबैध रुपमा लैजादै गरेको १९९० गोटाको जम्मा अं. मुल्य रु. १,९९,०००/- बराबरको बोईलर कुखुराको चल्लाहरु फेला पारी नियन्त्रणमा लिई पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासीबाट खटिआएको कर्मचारीको रोहबरमा  नष्ट गरिएको, पिकअप र चालक आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

सवारी दुर्घटनाबाट मृत्यु
२०७८-०६-०७

नवलपरासी (पश्चिम)  असोज १०,नवलपरासी (पश्चिम) मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्दे‍ही जिल्ला बुटवल उप-महानगरपालिका वडा नं. १५ सेम्लार बस्ने वर्ष २५ को सौरभ सुवेदी सुवेदी रहेका छन् । मिति २०७८।०६।१० गते  अं. १४:३० बजे जिल्ला नवलपरासी  सुनवल न.पा.- १२ नबिनटोल स्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको  ना ८ ख २८७७  नं.  को ट्रकले  विपरित दिशातर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प  ४३२३  नं. को  मोटरसाइकल लाई  ठक्कर दिंदा  मोटरसाइकल चालक  सौरभ  सुवेदी गम्भिर घाईते भई  उपचारको लागी जिल्ला अस्पताल परासी लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालक, ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले जनाएको छ। प्युठान असोज १०,प्यूठानमा टिप्परको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला प्यूठान नौबहिनि गा.पा. ८ अधेरी खोला बस्ने वर्ष ३८ को एम बहादुर दमाई हरेका छन्।  मिति २०७८।०६।१० गते अन्दाजी १९:३० बजेको समयमा जिल्ला  प्युठान, नौबहिनि गा.पा. ८ अधेरी खोलामा बाग्दुला देखि लुप्लुङ चुनढुंगा खानिमा ईटा लिई जादैगरेको लु.१.क १३५७ न. को.टिप्परले पैदल यात्री यम बहादुर दमाइलाई ठक्कर दिई गम्भिर घाइते भएका थिए। निजलाई उपचारको लागि भैरहवा लादै गर्दा बाटोमै मृत्यु भएको छ। टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको छ।बाँके, कोहलपुर नगरपालिका-९ पार्वतीपुर नजिक सडकमा लु.१ च ६९८७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ पिपिरी बस्ने ३५ वर्षीय धर्मराज घर्तीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०७८-०६-०७

रूपन्देही, असोज ०७२०७८।०५।०७ गते अंदाजी १५:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मझगवाँ रूपन्देहीबाट खटिएको प्रहरी टोलीले  जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नम्बर ०५ गोनाहचोकमा लु ४४ प ५८६० नंम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको WINROF नामक लागुऔषध २७ बोत्तल ( प्रति बोत्तल 100 ml) का दरले जम्मा (2700ml) र मोटरसाईकल चालक जिल्ला रूपन्देही मायादेवी गाउँपालिका वडा नम्बर ०६ बस्ने बर्ष अंदाजी ३४ को नन्दलाल मल्लाह र मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागु औषध सहित २ जना मानिस पक्राउ ।
२०७८-०६-०७

रूपन्देही, असोज ०७२०७८।०६।०७ गते अं ११:२० बजेको समयमा  जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ५ मझौनिचोकमा प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलिले संका लागि लु ४ प ११३४ नंबरको मोटरसाईकललाई रोकी चेकजाच गर्दा मोटरसाईकल चालक जिल्ला नवलपरासी रामग्रम नगरपालिका वडा नम्बर १६ वस्ने वर्ष १९ को इस्लाम चुरीहार ,ऐ.ऐ.वस्ने वर्ष २० को आलमगरी चुरीहारले मोटरसाईकलको लेगगाडमा झुण्ड्याई ल्याएको झोला चेकजाच गर्दा झोलामा रहेको डाईजेपाम २८१ सिसि, नोफिम ३१६   सिसि र   फेनोरागेन ३०५ सिसि सहित २ जना मानिसहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।

२२५ क्विन्टल मटर सहित ६ भारतिय ट्रक प्रहरीको नियन्त्रणमा
२०७८-०६-०७

कपिलबस्तु ६ असोज,कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ गल्लामण्डीबाट २२५ क्विन्टल हरियो मटर सहित ६ ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०७८।०६।०६ गते  २१:४५ बजे  नेपालबाट भारततर्फ लैजानको लागि निम्न  ट्रकहरुमा  निम्नाअुसारको परिमाणमाट मटर लोड गरी बाटोमा रोकी राखेको अवस्थामा प्रहरीले ट्रकहरुबाट उक्त हरियो मटर बरामद गरेको छ ।                           निम्नUP35T2453 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-UP53T3658 नं. हरियो केराउ (मटर) बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु.१,२०।– रुपैया । जम्मा मुल्य रु.४२०,००।–UP-71T1184नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।–UP-55T1254 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-UP-55T0966 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले १४० बोरा (जम्मा ३५ क्विन्टल) जम्मा ३५०० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.४,२०,०००।-UP-78AT8825 नं. हरियो केराउ (मटर) प्रति बोरा २५ के.जी. का दरले २०० बोरा (जम्मा ५० क्विन्टल) जम्मा ५००० के.जी. । हालको बजार मुल्य प्रति के.जी. रु. १,२०।- रुपैया । जम्मा मुल्य रु.६,००,०००।-जम्मा केराउ (मटर) २२५क्विन्टल (२२,५०० के.जि.) को मुल्य जम्मा रु.२७,००,०००।– (सत्ताईस लाख) मात्र ।