प्रहरी कार्यालय
मिति २०८३।०४।२७ गते, कपिलवस्तुको वाणगंगा नगरपालिका–९, जिनुवास्थित खोजिपुर सामुदायिक वनमा इ.प्र.का. पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । बरामद भएका अवैध हातहतियारको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
रूपन्देही, रोहिणी गाउँपालिका-६ विष्णुपुराबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित सोही गाउँपालिका-६ बस्ने ४७ वर्षीय दिनेश मर्णा गुप्तालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रिप्रहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार निजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-५ मैनापोखर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले दमौलीबाट बासगढीतर्फ आउँदै गरेको भे.५ प २०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्युठान, नौबहिनी गाउँपालिका-२ कुर्तिबाङस्थित तिनचुले सामुदायिक वनबाट भरूवा बन्दुक ४ थान र भरूवा बन्दुकको नाल ३ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्युठान, नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट भरूवा बन्दुक ३२ थान, सोही बन्दुकको नाल ४ थान, कुन्दा १ थान र भरूवा बन्दुकको चाप ३ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरीले उक्त हातहतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।