प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०३-१५

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ९ सय २० मिलिग्राम सहित भारत उत्तर प्रदेश बराइज-१३ केवलपुर बस्ने २४ वर्षीय मोहम्मद आरिफलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित गुल्मी रेसुङ्गा नगरपालिका-३ बस्ने ३१ वर्षीय सुबास केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको लु. ३८ प ५४५५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१३

बर्दिया, गुलरीया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने २५ वर्षीय शम्शेर खान र हुम्ला सिमकोट गाउँपालिका-५ बस्ने २० वर्षीय करण रोकाय रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ उद्योगपुरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रेनोर्फिन १ सय एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-६ बस्ने ३३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय हरिद्वार प्रसाद कुर्मी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एम ६१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।               यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-१२

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका-६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०३-०३

बाँके, नेपालगंज उप महानगरपालिका १५ जमुनाह चेक पोईन्ट स्थित इ.प्र.का.जमुनाह बाँकेबाट  खटिएको प्रहरी टोलिले कालिकोट जिल्ला माहावै गा.पा.६ पिलि बस्ने वर्ष २१ को हिक्मत शाही भारतबाट नेपाल तर्फ आउदैगरेको अवस्थामा संका लागी चेक जाँच गर्दा निजले लगाएको जुत्ताको मुनि लुकाई राखेको ट्रामा डोल ९८ ट्याप्लेट फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का बाँके पठाईएको छ । बर्दिया, बढैयाताल गाउँपालिका १ शान्तिपुर स्थित इ.प्र.का मैनापोखर र प्रहरी चौकी जमुनी बाट खटिएको संयुक्त प्रहरी टोलिले भारत बाट नेपाल तर्फ पैदल आउँदै गरेका बाँकेको खजुरा गाउँपालिका १ बेलडाँडा बस्ने बर्ष २८ को तुक प्रसाद थापा र सोही ठाउँ बस्ने बर्ष ३१ को प्रकाश थापामगर लाई शंका लागि चेकजाँच गर्ने क्रममा निज तुल प्रसाद थापाको साथ बाट कालो रङको प्लाष्टिकमा लुकाई छिपाई राखिएको प्लाष्टिक सहित २५० मिलिग्राम र शुद्ध ८० मिलिग्राम लागु औषध (ब्राउनसुगर) जस्तो खैरो रङको धुलो पदार्थ बरामद गरी निज दुबै जनालाई नियन्त्रणमा लिई आबश्यक कारबाहिको लागि इ.प्र.का मैनापोखर पठाईएको छ । दाङ, घोराही उप महानगरपालिका ११ झुम्केटारी बस्ने बर्ष २७ को याम बहादुर बस्नेतले लागु औषध कारोबार गरी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अ.प्र.पोष्ट शिवपुर र जि.प्र.का.दाङबाट खटि गएको प्रहरी टोलीले निज याम बहादुर बस्नेतलाई निजकै घरमा फेला पारी शरिर तथा घरकोठाको खानतलासी गर्ने क्रममा घर अगाडी बलेनी (आँगन)मा कालो प्लाष्टिक भित्र सेतो प्लाष्टिकको डिब्बा भित्र लागु औषध (ट्रामाडोल) १६६ क्याप्सुल र १७६ क्याप्सुल एण्टीकफ राखी खाल्डो खनी माटोमुनी गाडेको अवस्थामा फेला पारी बरामद गरी निज याम बहादुर बस्नेतलाई पक्राउ गरी ऐ.२१:४० बजे जि.प्र.का.दाङमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ । 

अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०२-३१

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-२६

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ११ ट्याब्लेट र प्रोक्सिको स्पास ६६ ट्याब्लेट सहित तनहुँ भिमाद नगरपालिका-६ बस्ने २० वर्षीय निशेष परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ सिमलधारी सैनिकटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बर्दिया डाँफे बस्ने २३ वर्षीय सुनिल बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ९ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने २२ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-२५

दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीया चोक बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।बर्दिया, मधुवन नगरपालिका-७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय डिल बहादुर बस्नेत र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय झलक डाँगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०२-२४

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ देउरवाबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १९ एम्पुल, फेनारगन १९ एम्पुल र डाइजेपाम १९ एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीय रामु राना समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट उजैनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कपिलवस्तु, महाराजगंज नगरपालिका-४ राजपुरबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ४ सय ७० ग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५१ वर्षीय चिनिलाल चमार र २४ वर्षीय दुर्गेश लोहनिया रहेका छन् । इलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । दाङ, गढवा गाउँपालिका-५ ठूलीचौरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ प्रगतीनगर बस्ने २२ वर्षीय लक्ष्मण बिष्टलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले लु.९६ प ८८९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक लक्ष्मणलाई पक्राउ गरेको हो । साथै लागूऔषध खरिद गर्न आएका लु.७० प ७७६९ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-४ अजगढवा बस्ने ३९ वर्षीय भन्साराम यादव र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ थानदेउखुरी बस्ने ३७ वर्षीय सदान मनिहारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।                                        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम
२०८२-०२-२२

समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप मिति २०८२।०२।२२ गते घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित बहुउद्देश्यीय सभाहलमा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौको आयोजना, घोराही उपमहानगरपालिकाको सह-आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यूको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका अध्यक्ष रुपा पौडेल थापा ज्यूको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालज्यूको विशिष्ट आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख उप-अनुसन्धान निर्देशक रमेश कुमार डागा, घोराही उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे लगायत घोराही उपमहानगरपालिका स्थित विभिन्न वडाका अध्यक्ष तथा वडा सदस्यहरु, नेपाल प्रहरी श्रीमती संघका प्रतिनिधिहरु, आसरा सुधार केन्द्रका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी लगायत संचारकर्मीहरु, सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. सितल लगायत पदाधिकारीहरु, पुर्व प्रहरी संगठन दाङका प्रतिनिधिहरु, सरोवारवाला विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पुनःस्थापना केन्द्रका संचालक तथा प्रतिनिधिहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय नागरिकहरु, प्रहरी कर्मचारीहरु लगायतको सहभागितामा संचालित “लागू औषध दुर्व्यसन तथा लैंगिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम” सम्पन्न गरिएको हो । कार्यक्रममा आसरा सुधार केन्द्र काठमाण्डौका प्रशिक्षकद्वय सम्राट नरसिंह प्रधान र गौरव सिरोहियाले लागू औषध दुर्व्यसन नियन्त्रण, लैंगिक हिंसा न्यूनीकरण तथा मानसिक स्वास्थ्य सम्बन्धमा सचेतनामूलक प्रशिक्षण तथा मनोपरामर्श, गन्धर्व समाज दाङका हेमराज गन्धर्व लगायत कलाकार समुहद्वारा सचेतनामूलक सांगितिक प्रस्तुती, प्रहरी कर्मचारीहरुद्वारा सचेतनामूलक नाटक तथा सांगितिक प्रस्तुतिकरण दिनुको साथै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरुबाट लागू औषध तथा लैंगिक हिंसा न्यूनीकरण सम्बन्धमा सचेतनामूलक मन्तव्य व्यक्त गर्नु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले गर्नु भएको थियो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
२०८२-०२-२२

बाँके, कोहलपुर नगरपालिका-१४ हवल्दारपुर फनपार्कस्थित सडकमा नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको भे.९ प ८१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ रझेना बस्ने ३५ वर्षीय सरोज मरासिनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ पुलचोकस्थित सडकमा भे.१३ प ३२७७ नम्बरको मोटरसाइकल र भे.११ प ९७२१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ बस्ने ५७ वर्षीय चिरञ्जीबि अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रूपन्देही, सैनामैना नगरपालिका-७ देउपास्थित सडकमा कलौनीबाट हात्ती बजारतर्फ जाँदै गरेको लु.५८ प २८३२ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश दर्लामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको साझा हस्पिटल भुड्की चोक बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-२२

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ दुर्गानगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४६ एम्पुल, तालजेसिक ४६ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल राई र २६ वर्षीय पवन घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले सुनिलको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुर बस्ने १९ वर्षीय सुनिल खटिकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित उनकै घर आँगनबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०२-२१

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-८ बस्ने २५ वर्षीय श्रीकृष्ण श्रेष्ठ र २२ वर्षीय राजितराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.५० प ७७३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४० मिलिग्राम र मोबाइल २ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ परासीझुङ्गा बस्ने २१ वर्षीय अशोक कुमार गौतम र भारत उत्तर प्रदेश पर्सामलिक थाना मौहुलानी बस्ने ३० वर्षीय रामसुरत सहानी रहेका छन् । इलाका प्रहरी कार्यालय धकधई र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ५६ बिसि ४४५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।             यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ शृजननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो ८ ट्याब्लेट र नाइट्राभेट ९ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र ३६ वर्षीय प्रकाश खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-१९

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरिया बस्ने ३० वर्षीय राम सुरेन्द्र चौधरी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरीले भारतको बलई गाँउबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने रोल्पा थवाङ गाउँपालिका-१ थवाङ घर भएकी ६३ वर्षीया माया देवी विकलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ८ सय २० ग्राम, चरेश जस्तो देखिने पदार्थ ५३ ग्राम र नगद ९ हजार ३ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०२-१८

बाँके, नेपालगंज उपमहानगरपालिका-६ रामनगर शिवमन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ लोनियनपुर बस्ने १९ वर्षीय बिक्रम घरूक र डुडुवा गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल खटिक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र मोबाइल २ थान सहित कोहलपुर नगरपालिका-५ एनसिसि चोक बस्ने २५ वर्षीय सुरेश मल्ललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बजार बस्ने ३८ वर्षीय युवराज पौडेललाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०२-१५

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब ३ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय ठाकुर प्रसाद खत्री र सोही नगरपालिका-२ बस्ने २२ वर्षीय अमृत चन्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०२-१४

रूपन्देही, १४ जेठ               पाल्पा तानसेन नगरपालिका-१ ठेगाना भएकी ३३ वर्षीया दिपा बस्याल र उनकै छोरीहरू ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ मिलिजुली पथ बस्ने ३५ वर्षीय सुजन कोइरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।             सुजनले पूर्व श्रीमती दीपालाई आफ्नै घरमा बोलाई आपसी विवादको क्रममा धारिलो हतियार र हथौडा प्रहार गरी उनीहरूको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जानकारी प्राप्त इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल र अस्थायी प्रहरी चौकी देवीनगरबाट प्रखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०२-१४

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२१ बस्ने २१ वर्षीय कस्मिन सिंह र सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय समिर खान रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ४९३६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।             यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-८ बाल्मिकी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ४ सय ३० मिलिग्राम र १ थान डिजिटल तराजु सहित सोही ठाउँ बस्ने २५ वर्षीय सरीफ कवाडियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ रत्नराजमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-४ धोबीघाट बस्ने २४ वर्षीय नरेश बिसी र तातोपानी गाउँपालिका-२ डाँङ्गीबाडा बस्ने २८ वर्षीय मन बहादुर खत्री रहेका छन् । प्रहरी चौकी चेपाङबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ज ८९८ नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी भ्यान चालक मन बहादुर र सहचालक नरेशलाई पक्राउ गरेको हो । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०२-११

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ फलफुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र ५ पिस सिरिन्ज सहित बर्दघाट नगरपालिका-४ मर्चाघोला बस्ने ३३ वर्षीय छेवाङ लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।रूपन्देही, बुटवल उपमहानगरपलिका-७ दीपनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-७ घर भएका २३ वर्षीय महेश बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०२-१०

बर्दिया, बढैयाताल गाउँपालिका-८ शिमानगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित बाँसगढी नगरपालिका-४ बस्ने २४ वर्षीय दिपक थारूलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ४ ग्राम ५० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३६ वर्षीय जिब्रिल बागवानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१२ प ५९३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ विकाशनगर बस्ने ३५ वर्षीय सोनु शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम र मोबाइल १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-२ मेउडीहवा चोक बस्ने ५२ वर्षीय राम केवटलाई अवैध लागूऔषध गाँजा करिब १ सय २ ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेउडीहवाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०२-०८

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका-९ बस्ने २० वर्षीय विपेन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्बनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २४ वर्षीय बिस्सु थापा र सोही उपमहानगरपालिका-७ शिवनगर बस्ने २४ वर्षीय सन्दिप सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित कोहलपुर नगरपालिका-३ बस्ने २७ वर्षीय नारायण विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१० प ४७१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम कमलबजार नगरपालिका-५ कुईका बस्ने २३ वर्षीय दिक्षित तिमिल्सिना, बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २५ वर्षीय दिपक सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६६६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०२-०७

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३७ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका-१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका-५ कमलदह बस्ने १९ वर्षीय शिसिर गौतम रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।                  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र २७ वर्षीय सौरभ टमटा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट, नाइट्राभेट ७० ट्याब्लेट र मोबाइल १ थान सहित जुम्ला चन्दननाथ नगरपालिका-१० बस्ने २१ वर्षीय आशिष न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-२ डिगियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र थारूलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटुवा नौवस्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०२-०५

रूपन्देही, बुटवल उपमहानगरपालिका-६ देवीनगर पुरानो बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम र नगद ५५ हजार रूपैयाँ सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय टेक बहादुर बुढाथोकीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।             यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-२ जितगढी किल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सैनामैना नगरपालिका-१ बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने स्याङ्जा वालिङ नगरपालिका-११ घर भएका २८ वर्षीय अर्जुन सुनार, बुटवल उपमहानगरपालिका-६ पुरानो बसपार्क बस्ने १९ वर्षीय बिकाश परियार र २४ वर्षीया अनु लामा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रोत नखुलेको नेपाली रुपैंयाँ नियन्त्रणमा
२०८२-०२-०५

कपिलवस्तु, मायादेबी गाउँपालिका १ बरैया स्थितमा चाकरचौडा बाट तौलीहवा तर्फ जाँदै गरेको लु ३५ प ८९५९ नं. को मोटरसाइकल सहित श्रोत नखुलेको जम्मा नेपाली रुपैंया ९ लाख २९ हजार ९ सय र चालक जिल्ला कपिलबस्तु मायादेवी गाउँपालिका ४ चाकरचौडा बस्ने बर्ष ७० को हरि प्रसाद बनियालाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिइएको छ । उनलाई  बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडि कपिलबस्तुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा डिक्गीमा लुकाई छिपाई राखेको नगद रुपैयाँ सहित नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधी सहित मानिस नियन्त्रणमा
२०८२-०२-०५

बाँके, नेपालगंज उप-महानगरपालिका १५ जमुनाहा चेक प्वाईन्ट स्थित प्रतिबन्धित औषधी सहित  देश भारत उत्तर प्रदेश जिल्ला अंरहवा बस्ने बर्ष २४ को तालिफ आइतबार प्रहरी टोलीले नियन्त्रण लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय जमुनाहा बाँके बाट खटिइको प्रहरी टोलीले  भारतबाट नेपाल तर्फ आउदै गरेको हिरो स्पिलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निम्न प्रतिबन्धित अबैध औषधिजन्य सामान  मुल्य रु. १,६२,२१२।–(एक लाख बैसठ्ठी हजार दुई सय बाह्र) बराबरको सामान फेलापारी मोटरसाइकल सहित नियन्त्रणमा लिईएको हो ।                                        निम्न प्रतिबन्धि औषधीहरू:-  १-Women power capsule 17 प्याकेट  २-Life on gold capsule 16 प्याकेट  ३-Power puvs 27 पत्त  ४- Power puvs xxl 4 प्याकेट  ५-Tiger movement cream पहेलो  40 पत्ता  ६- Tiger cream 34 पत्ता  ७- Tiger movement cream  ६ प्याकेट  ८-Man play 6 प्याकेट ९- Drd shita 5 प्याकेट १०-Life on gold 6 पिसयस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-०२-०४

बर्दिया, बाँसगढी नगरपालिका-९ माछागढस्थित सडकमा भे.१२ प ४२२४ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय आशिश सिंह र १३ वर्षीय राकेश रावतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा भे.१ ज १२७२ नम्बरको म्याजिक गाडी र भे.१ ज १४९४ नम्बरको म्याजिक गाडी क्रस गर्ने क्रममा उक्त स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालक तथा दुबै म्याजिक गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०२-०३

कपिलवस्तु, मायादेवी गाउँपालिका-८ बरकुलस्थित सडकमा लु.२ च ३२८८ नम्बरको भ्यान र युपि ५५ क्यू ३३१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत सिद्धार्थनगर पिपरिहवा बस्ने ५५ वर्षीय अस्दुल्ला मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकम सहित ३ जना पक्राउ
२०८२-०२-०२

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५० वर्षीय कृष्ण अग्रहरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ जे १६५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कृष्णलाई पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ३ लाख ८६ हजार रूपैयाँ सहित कपिलवस्तु शुद्धोधन गाउँपालिका-१ घर भएका ४६ वर्षीय मसिउद्धिन फकिरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-०२

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित रूपन्देही शुद्धोधन गाउँपालिका-४ बस्ने २३ वर्षीय अमित बहादुर कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी जमुनी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २२ वर्षीय कमल शाही र २४ वर्षीय सागर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६८२९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०२-०१

बाँके, बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको ए ब्लकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया गाउँ बस्ने ३४ वर्षीया रादिया खातुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।