प्रहरी कार्यालय
बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रूपन्देही, सियारी गाउँपालिका-२ भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २५ वर्षीय उमेश राजभर र २२ वर्षीय आकाश पासी रहेका छन् । इलाका प्रहरी कार्यालय बेथरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.२९ प २९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने २४ वर्षीय नरेन्द्र कुर्मी र नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने २८ वर्षीय दिपु बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पुष्पनर्सिङटोल बस्ने ३२ वर्षीय तेज बहादुर घर्तिमगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २१ मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ गढवा गाउँपालिका-४ गंगा परस्पुर बस्ने ३० वर्षीय हिमाल केसी र दाङ घोराही उपमहानगरपालिका-३ कुईरेपानी बस्ने २७ वर्षीय सरद खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित बाँसगढी नगरपालिका-४ मटेरीया बस्ने २७ वर्षीय कालीराम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।