प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अपराध
बेवारिसे अवस्थामा १२५ ग्राम सुन जस्तो पहेलो धातु बरामद
२०८१-११-०६

मिति २०८१।११।०६ गते अन्दाजी १३:१५ बजेको समयमा श्री गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी टोलीले जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ०४ स्थित गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेश द्वार नजिकै बायाँ तर्फ रहेको महिला शौचालयबाट बेवारिसे अवस्थामा रियाज अहमद नाउको नाममा जारी भएको GOLDEN STONE NEW JEWELLERY को विल नं. १०९२८ बाट २५ ग्राम र विल नं. १०९२९ बाट १०० ग्राम  गरी जम्मा १२५ ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेलो रङको धातुले बनेको सिक्री थान-२ (दुई) बरामद गरी आवश्यक कारवाहीको लागि श्री गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, भैरहवा, रुपन्देही पठाईएको छ ।  

हतियार सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०७८-११-१८

बाँके, डुडुवा गाउपालिका वडा नं. ४ राप्‍ती पुल स्थितबाट हतियार सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ कारकाँदो बस्ने वर्ष २९ को सुसान्त के.सी., ऐ.ऐ. १२ कोरियनपुर बस्ने वर्ष अंदाजी २८ को दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को द्धारीका उपाध्याय रहेका छन् । मिति २०७८।११।१७ गते  २१:०० बजेको समयमा राप्ती पुल स्थित गोली पड्किएको जस्तो आवाज सुनि ईलाका प्रहरी कार्यालय बनकट्टी 'क' बाँकेबाट प्रहरी टोली खटिई गई नेपालगंज देखि राप्ती नदी तर्फ जाँदै गरेको चालक सुसान्त के.सी.ले चलाएको बाग्मति प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको made in USA लेखेको अटोमेटिक पेस्तोल थान-१(एक), ऐ. को गोली ९ राउण्ड, खुडा थान-१, (एक), नोक थान-२(दुई) बरामद गरिएको छ । बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ ।

रेड पाण्डाको छाला सहित मानिस नियन्त्रणमा
२०७८-११-१४

दाङ, २०७८ फागुन १४ गते, मिति २०७८/११/१३ गते अं.०७:०० बजेको समयमा जिल्ला दाङ, राप्ती गाउपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित भिजन होटलमा अवैध वन्य जन्तु ओखेटो पहार रेड पाण्डाको छाला कारोबार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र ईलाका प्रहरी कार्यालय भालुबाङ दाङबाट खटिएको संम्युक्त टोलीले रेड पाण्डाको छाला जस्तो देखिने छाला थान- ५ सहित जिल्ला रोल्पा सुनिल स्मृती गाउपालिका वडा नं. ३ बस्ने वर्ष ४२ को राम बहादुर थापा, ऐ. लुङ्ग्री गाउपालिका वडा नं. ३ वस्ने वर्ष २० को रुपक खड्का र ऐ. सुनछहरी गाउपालिका वडा नं. ७ वस्ने वर्ष १९ को राम कुमार पुन मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागूऔषध सेवन प्रयोग हुने विभिन्न सामान र श्रोत नखुलेको रु. ३५,८५,२१४ ।- रुपैयाँ सहित मानिस नियन्त्रणमा ।
२०७८-०९-२५

कपिलवस्तु पौष २३,  कपिलबस्तु नगरपालिका वडा नं. ०९ हर्नामपुर घर भएका चेतन खटिक भन्ने राम बहादुर खटिकको घरबाट लागूऔषध सेवनमा प्रयोग हुने विभिन्न सामाग्रीहरु सहित श्रोत नखुलेको रु. ३५,८५,२१४।- रुपैयाँ बरामद भएको छ । मिति २०७८।०९।२३ गते अन्दाजी राति २४:०० बजेको समयमा चेतन खटिक भन्ने राम बहादुर खटिकको घरमा लागूऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्र.नि. दिनेश गुरुङको कमाण्डमा प्रहरी टोली खटी गई निजको घर रितपुर्बक खान तलासी गर्ने क्रममा निज सुत्ने कोठामा रहेको बाक्सामा स्रोत नखुलेको नेपाली रु. २,४३,३८५ ।- (अक्षरुपी दुई लाख त्रिचालिस हजार तीन सय पचासी रुपैयाँ) र भारतिय रु. २,६३० ।- (अक्षरुपी दुई हजार छ तीस रुपैयाँ) र सोही कोठामा रहेको स्टिलको दराजमा श्रोत नखुलेको नेपाली रु. ३०,४२,८०५ ।- (अक्षरुपी तिस लाख बयालिस हजार आठ सय पाँच रुपैयाँ) र भारतिय रु. १,८२,४१० ।- (अक्षरुपी एकलाख बयासी हजार चार सय दश रुपैयाँ) रकम एक मुष्ठ जोड गर्दा नेपाली रु. ३५,८५,२१४ ।- (अक्षरुपी पैतिस लाख पचासी हजार दुई सय चौध रुपैयाँ) , उक्त दराज तथा बाक्सामा बिभिन्न कम्पनीका १६ थान मोबाईल, लागूऔषध सेवन गर्न प्रयोग हुने स्टिल पेपर रोल थान १, बिभिन्न कलरको लाईटर थान १०, लागूऔषध सेवन गर्न प्रयोग भएको स्टिल पेपर थान ४, स्टिलको थाल थान १, चक्कु थान १, लागूऔषध सेवन गर्न प्रयोग भएको कागजको रोल थान २, ब्लेडको आधा टुक्रा थान १ र लागूऔषध सेवन गर्न प्रयोग भएको भारतिय १ रुपैयाँको सिक्का समेत वरामद गरी, निज चेतन खटिक भन्ने राम बहादुर खटिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।

गैडाको खाग सहित मानिस नियन्त्रणमा
२०७८-०८-२२

रुपन्देही मंसिर २२, जिल्लाको बुटवल उप-महानगरपालिका वडा नं. ५ मा रहेको हरियाली होटलबाट ४ जना मानिस सहित गैडाको खाग बरामद गरिएको छ । मिति २०७८।०८।२२ गते अन्दाजी १६:०० बजेको समयमा गैडाको खागको कारोवार गर्ने मानिसहरु रहेको भन्ने सुचनाको आधार  खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही वुटवल उप-महागनरपालिका नं.५ न्यूरोड स्थितमा रहेको हरियाली होटल एण्ड लजको चौथो तलाको ११८ नम्बर कोठामा शंकास्पद रुपमा बसेका जिल्ला अर्घाखाँची छत्रकोट गा.पा.वडा नं.७ सुर्यथुम बस्ने वर्ष ४८ को नर बहादुर सुनार,ऐ.ऐ. बस्ने वर्ष ५८ को पदम  सुनार र ऐ.ऐ. वडा नं.५ रानीचाप बस्ने वर्ष २८ को सुमन न्यौपानेलाई तलासी लिदा निजहरु मध्येका सुमन न्यौपानेले लगाएको ज्याकेटको वाया भित्री गोजिमा  कालो रङको ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैडाको खाग बदामद भएको हो । निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ।

कुखुराको चल्ला बरामद
२०७८-०६-१०

नवलपरासी (पश्चिम) १० असोज,नवलपरासी (पश्चिम्)मा अबैध रुपमा ढुवानी गरी रहेका १९९० गोटा बोइलर कुखुराको चल्ला बरामद भएको छ। मिति २०७८।०६।१० गते अं. १५:४५ बजे जिल्ला नवलपरासी बर्दघाट न.पा.- ४ टि.सि.एन.चोकमा ई.प्र.का. बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  ना ४ च ९३३९ नं. को पिकअप गाडीमा अबैध रुपमा लैजादै गरेको १९९० गोटाको जम्मा अं. मुल्य रु. १,९९,०००/- बराबरको बोईलर कुखुराको चल्लाहरु फेला पारी नियन्त्रणमा लिई पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासीबाट खटिआएको कर्मचारीको रोहबरमा  नष्ट गरिएको, पिकअप र चालक आवश्यक कार्वाहीको लागी पशु क्वारेन्टाईन कार्यालय महेशपुर नवलपरासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।

लागु औषध सहित २ जना मानिस पक्राउ ।
२०७८-०६-०७

रूपन्देही, असोज ०७२०७८।०६।०७ गते अं ११:२० बजेको समयमा  जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ५ मझौनिचोकमा प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलिले संका लागि लु ४ प ११३४ नंबरको मोटरसाईकललाई रोकी चेकजाच गर्दा मोटरसाईकल चालक जिल्ला नवलपरासी रामग्रम नगरपालिका वडा नम्बर १६ वस्ने वर्ष १९ को इस्लाम चुरीहार ,ऐ.ऐ.वस्ने वर्ष २० को आलमगरी चुरीहारले मोटरसाईकलको लेगगाडमा झुण्ड्याई ल्याएको झोला चेकजाच गर्दा झोलामा रहेको डाईजेपाम २८१ सिसि, नोफिम ३१६   सिसि र   फेनोरागेन ३०५ सिसि सहित २ जना मानिसहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।