सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ
कार्यालय: ०८२-५२३४१०
कन्ट्रोल:- ९८५७८२५४१०
ई-मेल: lumbini@nepalpolice.gov.np
-
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०९-२५दाङ, घोराही उपमहानगरपलिका-१० नारायणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीय अरमान मन्सुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०९-२५अर्घाखाँची, सन्धिखर्क नगरपालिका-७ सुपादेउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय पदम रायमाझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले ठाडाबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु.१३ प ५६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-०८-२६)
- प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८२-०८-११)
- प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरूस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८२-०८-११)
- प्राविधिक प्रहरी समूह अन्तर्गत स्वास्थ्य उपसमूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०७-२४)
- प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन र हातहतियार उपसमूह तर्फका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना (२०८२-०७-२३)
- प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२-०७-२१)
- प्रहरी सहायक निरीक्षक (जनपद) पदको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना (२०८२-०६-२३)
रिपोर्ट तथा प्रकाशन