सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
सम्पर्क जानकारी
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ
कार्यालय: ०८२-५२३४१०
कन्ट्रोल:- ९८५७८२५४१०
ई-मेल: lumbini@nepalpolice.gov.np
-
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।
[ विस्तृतमा ] -
सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
२०८३-०५-२४पाल्पा, तानसेन नगरपालिका–८, माथिल्लो डुम्रेमा डुम्रेबाट प्रभासतर्फ आउँदै गरेको बा.४६ प ८७०२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–३, दोभान निवासी २७ वर्षीय युवराज दर्लामीको मृत्यु भएको छ। मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते दर्लामीको एलएमसी अस्पताल, प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते पैदलयात्रीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८३-०५-१६बाँके, कोहलपुर नगरपालिका-४ गुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय राजीप थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)
- प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना (२०८३-०५-०५)
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा र सक्षमता परीक्षण तथा अन्तर्वार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-२५)
- प्रहरी जवान (जनपद) पदको वैकल्पिक उम्मेदवार नियुक्ति सम्बन्धी सूचना (२०८३-०४-२१)
- प्रहरी निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको तालिका प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१३)
- प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०४-१२)
- प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फका प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको लिखित परीक्षा कार्यक्रम तथा परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८३-०४-०१)
नेपाल प्रहरी मोबाईल एप्स
Google Play र Apple app store मा उपलव्ध छ ।